फोटो सुट : साडीमा ग्ल्यामर अफ्सना « Khabarhub

फोटो सुट : साडीमा ग्ल्यामर अफ्सना


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनोरञ्जन क्षेत्रमा आफ्नो भविष्य देख्नेमा पर्छिन्, अफ्सना थापा। म्युजिक भिडियो, विज्ञापन, सिरियल हुँदै अफ्सना थापा फिल्ममा अभिनय गरिरहेकी छन्। यसै क्षेत्रमा आफूलाई स्थापित गर्ने सोचका साथ संघर्ष गरिरहेकी अफ्सना ५ फिट ४ इन्च अग्ली छिन्।

आफूले पाएको पात्रलाई जीवन्त बनाउने अफ्सना केही समय अगाडिसम्म यस क्षेत्रमा आफूलाई कसरी स्थापित गराउने भन्ने सोचमा थिइन्। उनको संघर्षमा डिजिटल युगले पनि केही सघाएको छ।

आफ्नो प्लेटफर्म क्रिएट गर्नसक्ने ढोका खुलेसँगै उनी सामाजिक सञ्जालमार्फत् आफ्ना फ्यानसँग सम्पर्कमा छिन् । आफ्नो गतिविधिसँगै आफ्नो प्रोजेक्टका बारेमा सामाजिक सञ्जालमार्फत् जानकारी दिने अफ्सनाले सन् २०१५ मा उधुम फिल्ममार्फत अभिनयमा पाइला टेकेकी हुन्। त्यसयता उनले चोखो माया, रुमालै छ चिनो, डाँडाको वरपिपल, साजनलगायत फिल्ममा अभिनय गरिसकेकी छन्।

यिनै अफ्सनाले खबरहबका लागि फोटो पत्रकार कुवेर डंगोलसँग फोटोसुट गराएकी छन्। रंग क्षेत्रले दिने पहिचान र यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएपछि यसैमा आफ्नो भविष्य देख्ने अफ्सनाले सेतो साडी र रातो ब्लाउजमा फोटो सुट गराएकी हुन्। स्विमिङ्ग पुल साइडको छेउछाउमा साडीमा सजिएकी अफ्सनाको सौन्दर्य र ग्ल्यामर तस्बिरमा देख्न सकिन्छ :

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १ : १५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको