ग्रान्डी अस्पतालमा १०३ बिरामीको मिर्गौला सफल प्रत्यारोपण « Khabarhub

ग्रान्डी अस्पतालमा १०३ बिरामीको मिर्गौला सफल प्रत्यारोपण


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल १०० भन्दा बढी जनाको सफल मिर्गौला प्रत्यारोपण गर्ने अस्पताल बनेको छ।

अस्पतालले १०० भन्दा बढी मिर्गौला बिरामीको सफल प्रत्यारोपण गरेको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै हालसम्म १०३ जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको जनाएको छ।

काठमाडौँका निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण शल्यक्रिया सुरु गर्ने ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पहिलो अस्पताल रहेको अस्पतालका मेडिकल निर्देशक विनोद बिजुक्छेले बताए ।

उनकाअनुसार २८असार २०७४ बाट सेवा सुरु गरेको यो सेवामा अस्पतालले ९६ प्रतिशत सफलता पाएको छ । जसमध्ये ८२ जना पुरुष र २१ जना महिलाहरूमा मिर्गौला प्रत्यारोपण भएको हो । तथ्यांक हेर्दा पुरुष २१ जना र महिला ७२ जनाले मिर्गौला दान गरेका छन् ।

कार्यक्रममा अस्पतालका अध्यक्ष ई दिपक कुँवर, मेडिकल निर्देशक विनोद विजुक्छेँ, नेफ्रोलोजी टिम प्रमुख प्रा. डा. दिव्या सिंह शाह, मिर्गौला प्रत्यारोपण शल्यक्रियाको प्रमुख प्रा.डा. प्रेमराज ज्ञवाली, मिर्गौला प्रत्यारोपण समाजका सभापति प्रा.डा. भोलाराज जोसी, अस्पताल बोर्ड अफ डिरेक्टर ई विजयराज भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मिर्गौला सफल प्रत्यारोपण गराउन भूमिका खेल्न सफल मेडिकल टिमलाई सम्मान गरिएको थियो । मिर्गौला प्रत्यारोपण शल्यक्रियाको नेतृत्व प्रा. डा. प्रेमराज ज्ञवालीले छन् भने नेफ्रोलोजी टिमको नेतृत्व प्रा. डा. दिव्या सिंह शाह छिन् । प्रत्यारोपण टिममा डा. पवन राज चालीसे, डा. अनिल श्रेष्ठ, डा. भोजराज लुइँटेल, डा. सुरेन्द्र विक्रम अधिकारी, डा.उपेन्द्र जोशीको सक्रिय सहभागिता छ । त्यसैगरी एनेस्थेसिया टिमको नेतृत्व डा. मुरारी राज उप्रेतीले गर्दा उनको टिममा डा. अर्चन अधिकारी र डा. सुवास प्रसाद आचार्यको संलग्नता छ।

‘ग्रान्डी अस्पतालको सम्पूर्ण टिम र कर्मचारी गरेको मिहिनेत तथा कडा परिश्रमको कारण ‍आज हामी यो गौरवपूर्ण अवस्थामा आएका छौं, जसमा हामी १०० मिर्गौला प्रत्यारोपण गर्न सफल भएको छौँ।’ अस्पतालका मेडिकल निर्देशक बिजुक्छेले भने ।

‘मिर्गौला प्रत्यारोपण काम एक जनाको मिहिनेतले मात्रै हुँदैन, यसका लागी बिरामी लिएर आउनेदेखि कानुनी अड्चनसम्म धेरै चुनौती आउँछन्, यसको लागि सम्पूर्ण टिमको योगदान महत्त्वपूर्ण छ,  यसका लागि म सबैलाई धन्यवाद भन्छु,’ उनले थपे।

कार्यक्रममा अस्पतालका अध्यक्ष कुँवरले कार्यरत सम्पूर्ण डाक्टर तथा नर्सहरूमा धन्यवाद दिए  । ‘नेपालमा मिर्गौला प्रत्यारोपण चुनौतीपूर्ण भए पनि १०० भन्दा बढी बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्नु ठुलो कुरा हो।’ उनले थपे, ‘हामीसँग क्षमता हुँदा हुँदै पनि कानुनको सङ्कुचनले यो संख्या अझैँ कम हो, आगामी दिनमा सरकारले कानुन परिमार्जन गरे धेरेको नेपालमै उपचार पाउने अवस्था होस् भन्ने हाम्रो चाहना छ।’

नेपाल मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख प्राडा भोलाराज जोशीले मिर्गौला दान गर्नेको सङ्ख्या मुलुकमा बढाउनु जरुरी रहेको बताए ।  २००८ मा नेपालमा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण भएको स्मरण गर्दै हाल देशभर एक हजार ५०० बढी बिरामीको मिर्गौला प्रत्यारोपण भइसकेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १० : ४४ बजे

विद्युत् चुहावट हुँदा बुढानिलकण्ठमा आगलागी

काठमाडौं– काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण

प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार दृढ छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र

झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह फागुन २१

सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

गलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ३० दिन मात्र बाँकी रहँदा

क्यान्सर दिवसमा सिएमसीमा निःशुल्क बहिरङ्ग सेवा

चितवन– विश्व क्यान्सर दिवसका अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी