सनी लियोनी बंगलादेश जान नपाउने « Khabarhub

सनी लियोनी बंगलादेश जान नपाउने


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेत्री सनी लियोनीलाई बंगलादेशले ‘वर्क परमिट’दिन पुनः अस्वीकार गरेको छ ।

बंगलादेशले यसअघि सन् २०१५ मा पनि उनलाई ‘वर्क परमिट’दिएको थिएन । बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश जान नपाउने भएकी छन् । जसकारण निर्माताले सुटिङ रोक्नु परेको छ ।

सनीका लागि यो पहिलो बंगलादेशी फिल्म हो । बंगलादेशका कैयौं इस्लामिक समूहहरुले सनीलाई आफ्नो देशमा नआउन चेतावनी दिइरहेका छन् । उनीहरुले सनीलाई सरकारले बंगलादेश आउने अनुमति दिए आफूहरुले सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सनीबाहेक फिल्म ‘सोल्जर’का अन्य भारतीय कलाकारलाई बंगलादेशले फिल्मको सुटिङ गर्न अनुमति दिएको थियो । यो फिल्मको निर्देशन शमीम अहमद रोनीले गरिरहेका छन् । बंगलादेश सरकारले सनीबाहेक १० कलाकारलाई ६ मार्चदेखि सेप्टेम्बर ४ सम्मका लागि ‘वर्क परमिट’दिइसकेको छ।

यसअघि सन् २०१५ मा सनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिएको थिएन । एक कार्यक्रममा सहभागिता जनाउन बंगलादेश जाने योजना बनाएकी सनीलाई त्यहाँका इस्लामिक समूहले विरोध गरेपछि ‘वर्क परमिट’पाएकी थिइनन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ११ : २५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।