रुसले फेसबुकलाई आतंकवादी संगठन घोषित गर्ने « Khabarhub

रुसले फेसबुकलाई आतंकवादी संगठन घोषित गर्ने


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि आक्रमण गरिरहेको रुसी अधिकारीहरुले सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटालाई आतंकवादी संगठन घोषित गर्न आह्वान गरेका छन् । रुसको अभियोजकको कार्यालयले मेटालाई ‘आतंकवादी संगठन’ घोषणा गर्न आह्वान गरेको हो ।

मेटाले राष्ट्रपति पुटिनविरुद्ध हिंसात्मक कमेन्ट गर्न छुट दिने नीति ल्याएको समाचार सार्वजनिक भएसँगै रुसमा मेटालाई आतंकवादी संगठनको रुपमा घोषणा गर्न आह्वान गरिएको हो ।

मेटाले रुसी नागरिकको हत्या गरिनुपर्ने किसिमका ‘गैरकानूनी’ पोष्टलाई छुट दिने भएकाले यसलाई आतंकवादी संगठनको दर्जा दिइनुपर्ने अभियोजकको कार्यालयको भनाइ छ ।

रुसले यसअघि नै फेसबुकमाथि प्रतिबन्ध लगाइसकेको छ भने मेटाविरुद्ध आपराधिक अनुसन्धान शुरु गरेको रुसी अभियोजकको कार्यालयले जनाएको छ ।

यसबाहेक आगामी सोमबारदेखि मुलुकमा इन्स्टाग्राममा पनि प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ४ : ०४ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको