रुसले फेसबुकलाई आतंकवादी संगठन घोषित गर्ने | Khabarhub Khabarhub

रुसले फेसबुकलाई आतंकवादी संगठन घोषित गर्ने


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि आक्रमण गरिरहेको रुसी अधिकारीहरुले सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटालाई आतंकवादी संगठन घोषित गर्न आह्वान गरेका छन् । रुसको अभियोजकको कार्यालयले मेटालाई ‘आतंकवादी संगठन’ घोषणा गर्न आह्वान गरेको हो ।

मेटाले राष्ट्रपति पुटिनविरुद्ध हिंसात्मक कमेन्ट गर्न छुट दिने नीति ल्याएको समाचार सार्वजनिक भएसँगै रुसमा मेटालाई आतंकवादी संगठनको रुपमा घोषणा गर्न आह्वान गरिएको हो ।

मेटाले रुसी नागरिकको हत्या गरिनुपर्ने किसिमका ‘गैरकानूनी’ पोष्टलाई छुट दिने भएकाले यसलाई आतंकवादी संगठनको दर्जा दिइनुपर्ने अभियोजकको कार्यालयको भनाइ छ ।

रुसले यसअघि नै फेसबुकमाथि प्रतिबन्ध लगाइसकेको छ भने मेटाविरुद्ध आपराधिक अनुसन्धान शुरु गरेको रुसी अभियोजकको कार्यालयले जनाएको छ ।

यसबाहेक आगामी सोमबारदेखि मुलुकमा इन्स्टाग्राममा पनि प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ४ : ०४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र