बैंकिङ कसुरको आरोपमा एक पक्राउ « Khabarhub

बैंकिङ कसुरको आरोपमा एक पक्राउ


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंकिङ कसुर गरेको आरोपमा काठमाडौँको काँडाघारीबाट आज एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ । पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय दाङमा गेहेन्द्रबहादुर बस्नेतको जाहेरी परेको थियो ।

उक्त मुद्दामा अनुसन्धानका लागि उच्च अदालत तुलसीपुरबाट  फागुन २५ मा पक्राउ पुर्जी जारी भएकोमा खोजतलासका क्रममा  उनलाई काठमाडौँ महानगरपालिका  काँडाघारीबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रा.ली बाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका पाण्डेले सानिमा बैंकको आफ्नो खातामा रकम नभएको जानीजानी जाहेरवाला बस्नेतको सवारी साधन प्रयोग गरी भाडाबापतको रकममध्ये रु एक करोड आठ लाख ५७ हजारको चेक दिएका थिए ।

उक्त चेक नसाटिएपछि बैंकिङ कसुर गरेको आरोपमा प्रहरीमा परेको जाहेरीका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 उनले बस्नेतलाई भाडाबापत रु एक करोड ४४ लाख १७ हजार दिनुपर्ने जाहेरीमा उल्लेख छ । पाण्डेलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाउने ब्युरोद्वारा आज जारी सूचनामा उल्लेख छ । 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ३७ बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको