बैंकिङ कसुरको आरोपमा एक पक्राउ « Khabarhub

बैंकिङ कसुरको आरोपमा एक पक्राउ


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंकिङ कसुर गरेको आरोपमा काठमाडौँको काँडाघारीबाट आज एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ । पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय दाङमा गेहेन्द्रबहादुर बस्नेतको जाहेरी परेको थियो ।

उक्त मुद्दामा अनुसन्धानका लागि उच्च अदालत तुलसीपुरबाट  फागुन २५ मा पक्राउ पुर्जी जारी भएकोमा खोजतलासका क्रममा  उनलाई काठमाडौँ महानगरपालिका  काँडाघारीबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रा.ली बाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका पाण्डेले सानिमा बैंकको आफ्नो खातामा रकम नभएको जानीजानी जाहेरवाला बस्नेतको सवारी साधन प्रयोग गरी भाडाबापतको रकममध्ये रु एक करोड आठ लाख ५७ हजारको चेक दिएका थिए ।

उक्त चेक नसाटिएपछि बैंकिङ कसुर गरेको आरोपमा प्रहरीमा परेको जाहेरीका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 उनले बस्नेतलाई भाडाबापत रु एक करोड ४४ लाख १७ हजार दिनुपर्ने जाहेरीमा उल्लेख छ । पाण्डेलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाउने ब्युरोद्वारा आज जारी सूचनामा उल्लेख छ । 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ३७ बजे

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका