पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न ऊर्जामन्त्रीको आग्रह « Khabarhub

पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न ऊर्जामन्त्रीको आग्रह


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुस्किल हुँदै गएकाले अब विद्युतीय उपकरणको प्रयोग गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आग्रह गरेकी छिन्  ।

 ललितपुरमा आज आयोजित एक कार्यक्रममा उनले विगतको तुलनामा विद्युत् सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गरेकी हुन् ।

 ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युत्को महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले भनिन् , यहाँहरूलाई मेरो विशेष अपिल छ, विद्युतीय चुल्हो प्रयोग गरौँ । त्यो ग्यास भन्दा सस्तो छ ।

हाल एक सिलिन्डर ग्यासको मूल्य रु एक हजार ५०० भन्दाबढी भएको छ । त्यसको मूल्य निरन्तर बढ्दै जानेछ । त्यसैगरी पेट्रोल र डिजेलको मूल्य पनि बढ्दै गएको छ । एक लिटर पेट्रोलको मूल्य रु १५० तथा एक लिटर डिजेलको मूल्य रु १३० भन्दाबढी पुगेको  छ । 

 आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्ने भएकाले पनि विद्युतीय साधन प्रयोग गरेर जीवनलाई सहज बनाउनुपर्नेमा उनको  जोड थियो । मन्त्री भुसालले ,दिनदिनै पेट्रोलको मूल्य बढेको छ, गाडी किन्नेले पनि अब विद्युतीय नै किन्नु पर्नमा जोड दिइन् ।

 ठूला सहरमा भाडामा बसेर आफ्नो पेशा तथा व्यवसाय गर्नेले पनि अब सजिलै विद्युतीय चुल्हो प्रयोग गर्न सक्ने बताउँदै उनले आवश्यक क्षमताको छुट्टै मिटर लिएर विद्युतीय उपकरण प्रयोग गर्न सकिने स्पष्ट पारिन् ।

घरबेटीको सहमतिमा डेरावालाले पनि छुट्टै विद्युत् मिटर राख्न सक्नेगरी मैले निर्णय गराएको छु । विद्युत् प्राधिकरणमा सम्पर्क गर्नु होला उनले भनिन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ४९ बजे

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३