हुण्डी कारोबारविरुद्ध जनचेतनाका लागि मह जोडीको ‘हुण्डी’ (भिडियोसहित) « Khabarhub

हुण्डी कारोबारविरुद्ध जनचेतनाका लागि मह जोडीको ‘हुण्डी’ (भिडियोसहित)

ट्रेन्डिङको ६ नम्बरमा ‘हुण्डी’, दुई दिनमै झण्डै पाँच लाखले हेरे


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हुण्डी कारोबारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले छोटो चलचित्र ‘हुण्डी’ निर्माण भएको छ ।

मह जोडीको निर्देशन रहेको यो चलचित्रले हुण्डी कारोबारमा परेर मानिस कसरी ठगिने गरेका छन् भन्नेबारे जानकारी दिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वित्तीय सुरक्षासम्बन्धी जनचेतनामुलक सन्देश सञ्चारका लागि यो चलचित्र निर्माण गरिएको हो ।

४१ मिनेटको चलचित्रको सम्पादन भुपेन्द्र अधिकारले गरेका छन् । त्यस्तै, छायाँकन गोकुल अधिकारी र रामशरण उप्रेतीले गरेका छन् । चलचित्रमा हरिवंश आचार्य, सविन श्रेष्ठ, अनु शाह, किरण केसी, किरण तुलाधर, प्रिया रिजाललगायतले अभिनय गरेका छन् ।

नेपालमा बेलाबेलामा हुण्डी कारोबारीहरू पक्राउ पर्ने गरेका छन् । कानुनविपरीत राजस्व छलि गरी रकम एक ठाउँबाट अर्को ठाउँमा पठाउने कार्य हुण्डी कारोबार हो ।

विदेशमा श्रम बेचेर आएको पैसा निश्चित सेवा शुल्क तिरेर बैंक वा रेमिटेन्स कम्पनीमार्फत् घर पठाएर नै अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ । तर, बैंकिङ च्यानलको सट्टामा अन्य दलालहरूको माध्यमबाट पैसा पठाउने क्रम बढेको छ । जसलाई हुण्डी कारोबार भनिन्छ । त्यसले अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ । यही कानुनविपरीतको कार्यविरुद्ध जनचेतना जगाउन यो चलचित्रको निर्माण गरिएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ०७ बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको