समृद्धिको यात्रामा सबैको ऐक्यबद्धता आवश्यक छ-वरिष्ठ उपाध्यक्ष ढकाल « Khabarhub

समृद्धिको यात्रामा सबैको ऐक्यबद्धता आवश्यक छ-वरिष्ठ उपाध्यक्ष ढकाल


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रत्ननगर- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने विषयमा सबैको ऐक्यबद्धता हुनु आवश्यक रहेको बताएका छन्  ।

उद्योग वाणिज्य संघ चितवनको ५५ औँ वार्षिक साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै उपाध्यक्ष ढकालले व्यवसायी, राजनीतिक दल र सरकारको एकमत भएमा मात्रै आर्थिक समृद्धितर्फ अघि बढ्न सहज हुने बताए  ।

सबैको सहकार्यमा संसारको सबैभन्दा राम्रो पर्यटकीयस्थलका रूपमा चितवनलाई स्थापित गराउन सकिने सम्भावना रहेको  ढकालले भने  । यहाँका सम्भावित सबै प्रकारका उद्योगमा मेरो व्यक्तिगत, नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत तथा म अध्यक्ष रहेको बैंकको तर्फबाट जोडिन तयार रहेको उनले जानकारी दिए ।

अहिलेको विषम परिस्थितिबाट माथि उठ्नका लागि सबैको साथ र सहयोग आवश्यक छ । कोभिड–१९ को सक्रंमण तथा दुई देशको युद्धका कारण सबै क्षेत्रमा मूल्यवृद्धि भइरहेको ढकालको भनाइ छ ।

आगामी दिन अझ कठिन हुन सक्ने तर्फ हामी सबै सचेत हुनु जरुरी छ । यो अवस्थाबाट पार हुन सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नुपर्छ । 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : १५ बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको