वेदबहादुरलाई व्यास अल्ट्रा म्याराथनको उपाधि « Khabarhub

वेदबहादुरलाई व्यास अल्ट्रा म्याराथनको उपाधि


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास अल्ट्रा म्याराथनको उपाधि वेदबहादुर सुनुवारले जितेका छन् ।

शनिबार व्यास नगरपालिकाले गरेको म्याराथनको निर्धारित ४४ किलोमिटरको दूरी दुई घण्टा ५८ मिनेट ७ सेकेन्डमा पार गर्दै सुनुवारले उपाधि जितेका हुन् ।

उनले उपाधिसँगै नगद ८५ हजार ७८ रुपैयाँ प्राप्त गरेका छन् ।

व्यास नगरपालिका–५ मानहुँकोटबाट सुरु भएको म्याराथन दमौली, कलेस्ती, वगुवा, रिस्ती हुँदै व्यास नगरपालिका–८ पुलिमराङ सहिद गाउँमा पुगेर टुंगिएको थियाे ।

त्यस्तै, तीन घण्टा पाँच मिनेट ५१ सेकेन्डमा यो दूरी पार गर्दै मोहनदेव जोशी दोस्रो भए ।

नवराज साउदले तीन घण्टा नौ मिनेटमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे ।

दोस्रो र तेस्रोले क्रमशः नगद ६५ हजार ७८ रुपैयाँ र ५५ हजार ७८ रुपैयाँ प्राप्त गरे ।

व्यास नगरपालिकाले हरेक वर्ष १६ माघमा सहिद दिवसको दिन आयोजना गर्दै आइरहेको व्यास अल्ट्रा म्याराथन कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिएपछि स्थगित गरेर शनिबार गरेको हो ।

यसअघि, २४ फागुनमा नारी दिवसमा अवसरमा व्यास नगरपालिको दोस्रो महिला हाफ म्याराथन आयोजना गरेको थियो । कान्छीमाया कोजुले हाफ म्याराथनको उपाधि जितेकी थिइन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : २० बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको