आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि फुयाललाई « Khabarhub

आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि फुयाललाई


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगितामा रविन फुयाल विजयी भएका छन् ।  

यती समूहका संस्थापक वरिष्ठ पर्यटन व्यवसायी स्वर्गीय आङछिरिङ शेर्पाको तेस्रो स्मृति दिवसका अवसरमा यती एयरलाइन्सलाई आयोजना गरिएको दोस्रो आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगितामा फुयाल विजयी भएका हुन् ।  

गोकर्ण फरेस्ट रिसोर्टमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा फुयालले ४३ स्टेबलफोर्ड प्वाइन्ट ल्याएर विजयी भएको  यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए  । फुयालले उपाधिसँगै एल्टिच्यूड एयरको हेलिकप्टर राइड, माउन्टेन फ्लाइट र सोलुखुम्बुमा चारजनाको लागि ब्रेकफास्ट गर्ने अवसर पाएका छन्  ।

प्रतियोगिताको उपविजेता निष्कर्षबहादुर घले भएका छन्  । उनले उपाधि ४२ प्वाइन्ट ल्याएर उपविजेता बनेका हुन् ।  उपविजेता बनेसँगै घलेले दुई रात तीन दिन चितवनस्थित कसरा जगंल रिसोर्टमा बस्ने र जाने आउने हवाई सुविधा प्राप्त गरेका छन् । उनलाई हवाई टिकटको व्यवस्था भने गुण एयरलाइन्सले गर्ने छ  ।

विभिन्न ११ विधामा भएको गल्फ प्रतियोगितामा मिथुन राई, गीता गुरुङ, प्रतिभा राई, दिलिप रायमाझी, सटिना टण्डन, महेश विक्रम कार्की, चार्ली गुरुङ र झलेन्द्र भट्टराई लगायत विजयी भएको प्रवक्ता बर्तौलाले बताए ।

दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा १५२ खेलाडीको सहभागिता थियो । प्रतियोगितामा विजयी खेलाडीलाई यती एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रबन्ध निर्देशक चन्दा शेर्पा, प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रद घिमिरे, क्याप्टेन जोसेफ नाथन, प्रख्यात आँखा रोग विशेषज्ञ सन्दुक रूइत र हिमालय एयरलाइन्सका प्रमुख शु एन होङले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा उठेको रकम यती एयरलाइन्सकी प्रबन्ध निर्देशक शेर्पाले  महिला अधिकारको लागि कार्यरत संस्थाहरू वुमेन फर ह्युमन राइट्स र सी नेपाललाई हस्तान्तरण गरेका थिए । प्रतियोगितामा रु तीन लाख चार हजार सकंलन भएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ९ : ५० बजे

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई

एमाले सचिवालय बैठक बस्दै, प्रतिनिधिसभामा उम्मेदवार टुंगो लगाउने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र