प्रदेशसभा सदस्य विष्टबाट सांसद पद र पार्टी परित्याग | Khabarhub Khabarhub

प्रदेशसभा सदस्य विष्टबाट सांसद पद र पार्टी परित्याग


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन माओवादी प्रदेशसभा सदस्य ठम्मर बिष्टले पार्टी परित्याग गरेका छन् ।

नेकपा माओवादी अध्यक्ष शुक्रबार पार्टीबारे प्रशिक्षण दिन सुर्खेत पुगे । तर, कर्णाली प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका सांसद ठम्मरबहादुर विष्ट भने काठमाडौँमा थिए । उनले त्यही दिन सांसद पद र माओवादी केन्द्र पार्टी परित्यागको घोषणा गरे ।

विष्टले राजीनामा पत्र कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही र पार्टीको केन्द्रीय कार्यलयमा बुझाइसकेको बताएका छन् । विष्टले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गरिएको र त्यसमा पार्टीको सहमतिमा चित्त नबझेकाले पार्टी परित्याग गरेको बताएका छन् । यति मात्र नभएर कर्णालीमा गैर–सांसदलाई मन्त्री बनाउने प्रचण्डको निर्णयप्रति पनि आफू सहमत हुन नसकेको बिष्टको भनाइ छ ।

सभामुख राजबहादुर शाहीलाई दिएको दुई पेजको राजीनामा–पत्रमा विष्टले माओवादी पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गरेको आरोप लगाएका छन । उनले लेखेका छन, ‘एमसीसीको विषयमा कथित व्याख्यात्मक टिप्पणीको ढ्वाङ रच्ने एवं अर्कोतिर आफ्नो झुट र कर्तुतलाई ढाकछोप गर्न सयौँ झुटका पुलिन्दा फ्याँकेर जनतालाई मूर्ख बनाउने काममा माओवादी नेतृत्व तल्लिन छ ।’

सांसद विष्टले पार्टी छोड्नुको कारण के थियो ?

कर्णाली प्रदेशसभाका प्रमुख संचेतक समेत रहेका सांसद ठम्मरबहादुर विष्टले एमसीसी पारित गरिनु, आफूले पार्टी छोड्नुको मूख्य कारण रहेको जिकिर गरेपनि उनी अध्यक्ष प्रचण्डको बचन अनुसार आफूलाई प्रदेश सरकारमा मन्त्री नबनाइएकोमा रुष्ट थिए । प्रचण्डले उनको ठाउँमा हुम्लाका गैर–सांसद र यसअघि मूर्ति चोरीको अभियोगमा जेल परेका कार्चेन लामालाई मन्त्री बनाएपछि उनी प्रचण्डप्रति रुष्ट थिए ।

विष्टले एमसीसी मात्र नभई पार्टीले लाभको पदमा पुग्न दिने वातावरणको सिर्जना नगरेको भन्दै एक वर्ष अघि पनि माओवादी पार्टी छाडेका थिए ।

बिष्टले नेकपा विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा अर्थात एमालेमा लागेका थिए । उनलाई एमालेको केन्द्रीय सदस्य नै बनाइएको थियो । उनले राजा महेन्द्र पछिको राष्ट्रवादी व्यक्ति केपी ओली नै भएकाले आफू ओलीतिर लागेको बताएका थिए । तर, ०७७ चैत्र –१ मा उनी प्रचण्ड कहाँ पुगेर आफू पार्टीभित्रैबाट पीडित भएको बताएका थिए । त्यसपछि प्रचण्डले मन्त्री बनाउने आश्वासन दिएपछि उनी माओवादीमा फर्किएका थिए ।

प्रचण्डले मन्त्री बनाउने आश्वासन दिएपनि विष्टलाई पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री नबनाई मुख्य सचेतकको जिम्मेवारी दिएका थिए । शाहीले दुई पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनलाई मन्त्री बनाएनन् । गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री हुँदा पनि उनको हुने चर्चा थियो । तर, गैर–सांसदलाई मन्त्री बनाएपछि विष्ट गठबन्धनविरुद्धमा उत्रिएका थिए ।

उनले राजीनामा दिएपनि पार्टी प्रवेशको बारेमा भने जानकारी दिएका छैनन् । तर, उनी यसअघि नै एमाले नजिक बनेकाले फेरि एमाले मै जाने सम्भावना रहेको स्रोतको दाबी छ । एमालेसँग पद तथा भूमिकाको कुरा मिलेपछि उनी एमालेमै जाने सम्भावना रहेको उनी निकट नेताहरू बताउँछन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १० : १० बजे

राष्ट्रिय सभाबाट विनियोजन विधेयक सर्वसम्मत पारित

काठमाडौं– राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८१ सर्वसम्मत

न्यायाधीश सपनाले उठाइन् गृहमन्त्री रविको नैतिकता र विवेकमाथि प्रश्न

न्यायाधीश सपना प्रधान मल्ल ( तस्बिर स्रोत मल्लको फेसबुक) काठमाडौं-

अर्थमन्त्रीको जवाफ- बजेट सन्तुलित छ, नेता र मन्त्री केन्द्रित छैन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन

शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सबैको सहयोग चाहिन्छ :  शिक्षा श्रेष्ठ

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ जनाको मृत्यु

काठमाडौं– मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता