‘पिर’ म्युजिक भिडियो युट्युवबाट हटाउन क्रान्तिकारी अध्यक्षको चेतावनी « Khabarhub

‘पिर’ म्युजिक भिडियो युट्युवबाट हटाउन क्रान्तिकारी अध्यक्षको चेतावनी


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्च सिंहले पिर नामक म्युजिक भिडियो युट्युवबाट तत्काल हटाउन चेतावनी दिएकी छन् ।

गायक प्रकाश सपूतले सार्वजनिक गरेको म्युजिक भिडियोले जनयुद्धमा सहभागी महिलालाई अपमानित गर्ने कार्य गरेकोले तत्काल हटाउन उनले शनिबार फेसबुममार्फत् चेतावनी दिएकी हुन् ।

उनले भनेकी छन्, ‘कार्यकर्ता व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूतजीले युटयुवमा अपलोड गरेको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईंलाई बुझाइ रहनुपर्ने हो ?’

सार्वजनिक माफी मागेर तत्काल युट्युवबाट भिडियो नहटाइए गैरजिम्मेवार हर्कत सहेर नबस्नेसमेत अध्यक्ष सिंहले चेतावनी दिएकी छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ११ : २० बजे

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित

सभामुख अर्याल र अध्यक्ष दाहालबीच पहिलो औपचारिक भेटवार्ता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता