सार्दा सार्दै सकिने डर « Khabarhub

सार्दा सार्दै सकिने डर


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘कबीर सिंह’ को सफलताले बलिउडमा आफ्नो स्टारडमलाई शाहीद कपूरले प्रस्ट्याई सकेका छन् ।

बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाएका छन् । फिल्म ‘कबीर सिंह’ ले पाएको सफलताले मात्र होइन ,उनको अभिनय क्षमताको कारण चर्चा बढ्दो छ । कबीर सिंहलाई जीवन्त बनाउन शाहीदले कुनै कसर बाँकी राखेका थिएनन् । कमिने र हैदर जस्ता फिल्म मार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहीदले नयाँ उपनाम कबीर सिंह पाए ।

त्यो चर्चालाई उनले उपयोग भने गर्न पाएनन् । शाहीदले अभिनय गरेको साउथको फिल्म ‘जर्सी’ को रिमेक ‘जर्सी’ रिलिज बारम्बार सर्दा यसको असर उनलाई परेको छ । कोरोना भाइरसको महामारीका कारण रिलिज डेट सारिएको फिल्म ‘जर्सीु अप्रिल २२ मा रिलिज हुने भएको छ । साउथ इन्डियन फिल्म’ केजीएफ : च्याप्टर २’ को आक्रामक बुकिङ्गको कारण फिल्मको रिलिज डेट सारियो ।

पछिल्लो फिल्म’ कबीर सिंहले बढाएको शाहीदको हाइप यसै सकिने त होइन भन्ने खतरा मेकरलाई पनि बढ्न थालेको छ । फिल्मको कथावस्तु मन परेर रिमेक नै रोजेका शाहीद अन्यौलमा छन् । उनी रिमेकमा देखिने समयमा नै पुनः किन रिमेकमा देखिँदैछन् रु भन्ने प्रश्नको सामना गरेका थिए । पछिल्लो समय उनले एक अन्तर्वार्तामा जवाफ दिएका छन् ।

‘यो कथाले मलाई छोयो।’ कबीर सिंहपछि रिमेक फिल्ममा काम गर्ने मनसायमा थिएन । त्यसैले फ्रेस स्टोरीको खोजीमा थिए । म सक्कली फिल्म गर्न चाहन्थे ताकि मानिसहरूले नसोचुन् कि म मात्र रिमेक गर्दैछु । तर ,जब मैले यो फिल्म हेरे, यसले मेरो हृदय छोयो’ शाहीदले भने । उनले जर्सीमा आफ्नो चरित्र कबीर सिंह नरहेको बताउँदै भने, ऊ शान्त, अन्तर्मुखी मानिस हो तर उसको तीव्रता र यात्रा मेरो लागि प्रेरणादायक छ ।’

स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेशनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन् । त्यसपछि उनी नेशनल टिमसम्म कसरी पुग्छन् ? भन्ने विषयलाई फिल्ममा देखाइएको छ । उनको को–स्टारको रुपमा मृनाल ठाकुर छिन् । जर्सीकै निर्देशक गौतमले यसलाई निर्देशन गरेका छन्।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : १६ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका