फुटसलमा नेपालको लगातार तेश्रो हार « Khabarhub

फुटसलमा नेपालको लगातार तेश्रो हार


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एएफसी फुटसल एसियन कपको छनोटअन्तर्गतको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । किर्गिजस्तानको बिश्खेकमा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोल अन्तरले पराजित भएको हो ।

नेपालका लागि खेलको दोस्रो हाफमा सुमित श्रेष्ठले सान्त्वना गोल गर्न सफल भए । अफगानिस्तानसँगको खेलमा पराजित भएसँगै नेपाल छनोटमा जितविहीन भएको छ ।

यसअघि सोमबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ गोलअन्तरले पराजित भएको थियो । आइतबार भएको पहिलो खेलमा उज्बेकिस्तानसँग ५–१ गोलअन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगिता अघि भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल किर्गिज क्लब डर्डोइसँग ३–१ र दोस्रो मैत्रीपूर्ण खेलमा फरवाटर एफसीसँग २–० गोलअन्तरले पराजित भएको थियो ।

‘हामीले अघिल्ला वर्षभन्दा धेरै मेहेनत गरेका थियौँ । दुःखद कुरा हो, हामी छनोट हुन सकेनौँ । तर, आगामी वर्ष हामी गल्ती सुधारेर जित्नको लागि पक्कै आउने छौँ ।’ राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले खेल सकिएपछि प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ४ : ३८ बजे

सरकारले सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा, अध्ययन हुँदै

काठमाडौँ– सरकारले सिफारिस गरेका दुईवटा अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका छन् ।

कर्णालीविरुद्ध पोखराले जित्यो टस

काठमाडौं– नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको १९ औं खेलमा

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

काठमाडौँ– नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षमा नेपालका

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा

दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको