सेयर बजार घट्नेक्रम रोकिएन, परिसूचक २३८५ विन्दुमा « Khabarhub

सेयर बजार घट्नेक्रम रोकिएन, परिसूचक २३८५ विन्दुमा


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजार मंगलबार ३४ दशमलब ७९ अंकको ओरालो लागेसँगै २३८५ दशमलब ०१ अंकमा अएर बन्द भएको छ । घट्ने क्रम जारी रहँदा कारोबार रकम भने ड्राइ भएको छ । यस दिन २३७ कम्पनीको ३७ लाख ८३ हजारभन्दा बढी कित्ता सेयर कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ५२ करोड रुपैयाँ भएको छ ।

यसरी बजार घट्दा कारोबार रकममा कमि आउनु भनेको लगानी कर्ता योभन्दा सस्तोमा सेयर बेच्न राजी नभएको बुझिन्छ । मंगलबार बजार रातो हुँदा २३७ कम्पनीमध्ये २०३ वटा रातो, २३ वटा हरियो र १० वटा स्थिर रहे ।

होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । अधिक घट्नेमध्ये इमजिन नेपाल ६ दशमलब ५९ प्रतिशत घट्दा ९३५, न्यादी हाइड्रो ६ दशमलव ०७ प्रतिशतले घट्दा ४०१ दशमलव १ मा, घलेम्दी हाइड्रो ५ दशमलव ९ प्रतिशतले घट्दा २७१ मा र राष्ट्र उथान लघुवित्त ५ दशमलव ३६ प्रतिशतले घट्दा १३०६ दशमलब १ मा अन्तिम कारोबार भएको छ ।

नेश्डो लघुवितको सेयर मूल्य २०५७ पुगेको छ । विजया लघुवित्त, मनकामना लघुवित्त, रुरु जलविद्युत्, शिव शि हाइड्रो भने करिब १ प्रतिशत आशपाश बडेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ४ : ५७ बजे

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई