कतारमा पकेट मार्ने ५ एसियाली नागरिक पक्राउ  « Khabarhub

कतारमा पकेट मार्ने ५ एसियाली नागरिक पक्राउ 



दोहा – भिडभाडमा पकेट मार्ने ५ जना एसियाली नागरिकलाई कतारमा पक्राउ गरिएको छ ।

कतारको गृह मन्त्रालयका अनुसार पैसा र व्यक्तिगत सरसामान ठगी गर्ने एसियाली देशका ५ जनाको गिरोहलाई पक्राउ गरिएको हो।

भिडभाड स्थलमा घुमफिर गर्दा विचलित भई गिरोहले कैयौँ व्यक्तिको पैसा र व्यक्तिगत सरसामान चोरेको सूचना प्राप्त भएको अपराध अनुसन्धान विभागले जनाएको छ ।

मन्त्रालयले खोजी तथा सूचना सङ्कलनका लागि विशेष टोली गठन गरी ५ जनालाई पक्रेको हो । उनीहरूले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् र उनीहरूका साथबाट चोरीका केही सामग्रीहरू पनि फेला परेको छ ।

अभियुक्तहरूलाई कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित निकायमा पठाइएको मन्त्रालयले जनाएको छ । भिडभाड हुने ठाउँमा व्यक्तिगत सरसामानको ख्याल गर्न र कुनै शंकास्पद घटना देखिएमा आकस्मिक सेवामा फोन गरेर जानकारी गराउन मन्त्रालयले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ७ : ४८ बजे

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको