जजीरा एअरवेजले कतार र साउदीबाट पनि गौतम बुद्ध विमानस्थलमा उडान भर्ने  « Khabarhub

जजीरा एअरवेजले कतार र साउदीबाट पनि गौतम बुद्ध विमानस्थलमा उडान भर्ने 


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – जजीरा एअरवेजले कतार र साउदी अरबबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन वटा उडान भर्ने भएको छ ।

बुद्ध जयन्तीको शुभ-अवसर पारेर जेठ २ गते सोमबार औपचारिक उद्घाटन हुने नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जजीरा एअरवेज उडान भर्न लागेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार पहिलो उडान सोही दिन तथा आगामी १२ जुन २०२२ देखि दोहाबाटसमेत साताको तीन वटा नियमित उडान सुरु गर्ने तालिका सार्वजनिक गरेको जनाएको छ ।

दोहा-कुवेत र कुवेत-भैरहवा उडान गर्नेछ । टिकट लगायत अन्य विस्तृत जानकारीका लागि उक्त एयरलाइन्सको कतारस्थित कार्यालयमा ४४२७१०१०/३०७०१०४२ सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यस्तै साउदी अरबबाट पनि जजिरा एयरवेजले नियमित उडान सञ्चालन गर्ने भएको छ । एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा आगामी मे १५  तारिखदेखि उडान गर्ने रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ८ : ४२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर