बलिउडलाई दबाबमा राख्न सक्ने प्रतीक्षित साउथ फिल्महरु  | Khabarhub Khabarhub

बलिउडलाई दबाबमा राख्न सक्ने प्रतीक्षित साउथ फिल्महरु 


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय साउथ इन्डियन फिल्महरूको क्रेज बढ्न थालेको छ । बाहुबली सिरिज मार्फत साउथ इन्डियन फिल्म तर्फ आकर्षित भएका दर्शकहरूलाई थप आकर्षण बन्यो केजीएफ र पुष्पा ।

 गत डिसेम्बरमा रिलिज भएको फिल्म पुष्पापछि साउथ फिल्महरू सिधै हिन्दीमै रिलिज हुन् थाले । साउथ प्रदर्शन भइसकेको फिल्मलाई हिन्दी राइट्स लिएर डबिङ गरेर प्रदर्शन गर्ने प्रचलन पछिल्लो समय लगभग कम भएको छ । अब फिल्महरू एकै डेटमा हिन्दीमा समेत प्रदर्शन हुन् थालेका छन् । सुकुमार निर्देशित फिल्म ‘पुष्पा’ मा अल्लु अर्जुन र रश्मिका मन्दनाको अभिनय रहेको थियो । 

फिल्मको डायलग र प्रस्तुतीकरणलाई दर्शकले रुचाए । पुष्पाले बनाएको दर्शकलाई बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मको स्वाद विश्वभरका दर्शकलाई चखाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ प्रदर्शनमा आयो । 

यो फिल्मले नन होलिडेमा आक्रामक व्यापार गर्‍यो । निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिज पश्चात निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टीआर र राम चरणको अभिनय रहेकाले पनि फिल्म ‘आरआरआर’ आक्रामक कमाइ गर्यो । सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्ने फिल्ममा ब्रिटिसले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिसविरुद्ध लड्छन् भन्ने कथा देखाएको छ । 

फिल्मले गर्ने व्यापारसँगै दर्शकको जितेको विश्वासलाई कायम गर्यो ‘केजीएफ : च्याप्टर २’ ले । आरआरआर हेरेर पुनः हल फर्किएका दर्शकलाई केजीएफको सिक्वेलले निराश बनाएन् । पहिलो च्याप्टर गुमनाम तरिकाले प्रदर्शनमा आएता पनि दोस्रो च्याप्टरले इनिसियल व्यापार निकै गर्‍यो । ‘केजीएफ’ सिरिज मार्फत यश कन्नडा फिल्मबाट भारतकै स्टार बनेका छन् । उनको क्रेज विश्वभर बढेको छ । फिल्ममा यशसँगै श्रीनिधि शेट्टी, सञ्जय दत्त, रविना टन्डन, प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ । यी प्रदर्शन भइसकेका फिल्महरु बाहेक पनि केहि फिल्म छन् । जसले आउँदा दिनमा साउथ इन्डियन फिल्मको दबदबा झनै बढ्ने देखिन्छ ।

बाहुबली सिरिज मार्फत सुपरस्टार बनेका अभिनेता हुन् प्रभास । पछिल्लो फिल्म ‘राधे श्याम’ फ्लप भएता पनि उनी अभिनीत फिल्महरू आदिपुरुष , सलार , प्रोजेक्ट के लगायत प्रतिक्षित छन् । ओम राउतले निर्देशन गरेको फिल्म ‘आदिपुरुष’ मा कृति सेनन र सैफ अली खानको पनि मुख्य भूमिका रहने छन्। प्रशान्त नीलको निर्देशनमा तयार भइरहेको सलारमा प्रभासले श्रुति हसनसँग स्क्रिन सेयर गरेका छन् । यस्तै नाग आश्विनको निर्देशनमा तयार भइरहेको फिल्म ‘प्रोजेक्ट के’ मा उनले अमिताभ बच्चन र दीपिका पादुकोणसँग स्क्रिन सेयर गरेका छन् । यी फिल्महरु मार्फत प्रभास निकै प्रतिक्षामा छन् । 

फिल्म ‘अर्जुन रेड्डी’ मार्फत एकाएक चर्चामा आएका अभिनेता हुन् विजय देवरकोण्डा । त्यसपश्चात उनले अभिनय गरेको फिल्महरु गीता गोविन्दम , डियर कमरेडले पनि उनलाई चर्चामा ल्यायो । यिनै विजयले बलिउडमा डेब्यु गरेको हो ,’लाइगर’ । पुरी जगन्नाथको निर्देशनमा तयार भइरहेको फिल्म एक्सन र थ्रीलर रहनेछ । फिल्ममा अनन्या पाण्डे, रोनित रोय, राम्या कृष्णनको पनि अभिनय छ। 

पुष्पा मार्फत साउथ फिल्मबाट बाहिर निस्किएर आफ्नो स्टारडम प्रस्ट्याएका अभिनेता हुन् अल्लु अर्जुन । पुष्पा हेरेका दर्शकले सिक्वेल ‘पुष्पाः द रुल’ को प्रतिक्षा गरिरहेका छन् । फिल्मको प्रदर्शन आउँदो वर्ष हुने अनुमान गरिएको छ । यद्दपी निर्माण पक्षले रिलिज घोषणा गर्न सकेको छैन । हालै प्रदर्शन भएका फिल्महरु आरआरआर र केजीएफ : च्याप्टर २ भन्दा कथालाई सशक्त बनाउन र सिरिजमा कथालाई अगाडी बढाउन निर्देशक सुकुमार मेहनत गरिरहेका छन् । 

साउथ इन्डियन फिल्मका ह्यान्डसम हिरो भनेर चिनिन्छन् महेश बाबु । उनको फिल्म अझै साउथसँगै नर्थ इन्डियामा हिन्दी भाषामा रिलिज भएको छैन । महेशको आउँदो फिल्म ‘सरकारु वारी पाता’ लाई हिन्दीमा रिलिज गरिएको छैन । उनले हालै आफू हिन्दी भाषाको फिल्ममा अभिनय गर्न आकर्षित नरहेको समेत बताएका छन् । परशुराम निर्देशित फिल्ममा महेशसँगै अभिनेत्री कीर्ति सुरेश र कमेडियन भेनेला किशोरको अभिनय रहेको छ । फिल्म आजबाट प्रदर्शनमा समेत आइसकेको छ । 

नायक, रोबोर्ट, आइ जस्ता फिल्म निर्देशन गरेका निदेशक शंकरले राम चरणलाई लिएर फिल्म निर्देशन गरिरहेका छन् । फिल्मको टाइटल अझैँ राखिएको छैन । यस फिल्मलाई लिएर पनि दर्शक प्रतीक्षित छन् । ‘रोबर्ट : २.०’ पश्चात निर्देशक शंकरले सुरु गरेको प्रोजेक्ट यहिँ हो । फिल्मको कथावस्तु केही बताइएको छैन भने यसमा कियारा अड्वानी पनि मुख्य भूमिकामा छिन् । 

जुनियर एन्टीआरको आउँदो दुइ फिल्मको प्रतीक्षा दर्शकलाई । उनले निर्देशक कोरतोला शिवा र प्रशान्त नीलको आउँदो फिल्ममा काम गर्दैछन् । यी दुवै फिल्मको बारेमा अन्य केही खुलाईएको छैन । यद्दपि थ्रीलर र एक्सन जनरामा फिल्म बन्ने बताइएको छ । तीन सय करोडभन्दा बढी लागतमा निर्माण हुने फिल्मको छायांकन यसै वर्ष सुरु हुने बताइएको छ । यता हालै ‘केजीएफ : च्याप्टर २’ मार्फत सफलताको स्वाद चाखेका प्रशान्तले ‘सलार’ को काम सकेपछि मात्र जुनियर एन्टीआरसँग काम सुरु गर्नेछन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ११ : ५१ बजे

तीन दिनको बीचमा अस्ट्रेलियालाई तीन ठूला झट्का

एजेन्सी- पछिल्ला तीन दिनभित्र अस्ट्रेलियनले क्रिकेट टोलीले तीन ठूला झट्का

किन आएन नेपालको जलविद्युतमा भारतीय निजी लगानी ?

– भारतीय सरकारी स्वामित्वको सतलज जलविद्युत निगम (एसजेभीएन) ले विकास

बजुरामा नुन अभाव छैन : साल्ट ट्रेडिङ

बाजुरा– साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त

कोशी सरकारविरुद्धको मुद्दामा बहस जारी

काठमाडौं– कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा आज पनि बहस

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक जारी

काठमाडौं– नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक काठमाडौंमा सुरु भएको