बबईमा डुबेर एक किशोरको मृत्यु  « Khabarhub

बबईमा डुबेर एक किशोरको मृत्यु 


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दाङमा एक किशोरको बबई नदीमा डुबेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवा गाउँका १८ वर्षीय सुरज भट्टको बिहीबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए । साथीहरूसँग रमाइलो गर्न भनेर घरबाट गएका भट्टको दंगीशरण गाउँपालिका वडा नम्बर ४ स्थित बैवाङपुल नजिकै डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भट्टको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ७ : १६ बजे

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने