भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका कार्यक्रमहरू सार्वजनिक | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका कार्यक्रमहरू सार्वजनिक


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमबार नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । बुद्ध जयन्तीका दिन उनले लुम्बिनीको भ्रमण गर्नेछन् । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि उनीबाट हुन लागेको यो पाँचौँ भ्रमण हो ।

बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा नारायण खड्काले भारतका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् । लुम्बिनीमा रहँदा दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने छन्।

भारतका प्रधानमन्त्रीको यो भ्रमणले दुई देशबीचको सदियौँदेखिको सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास दुवै देशका जनताले गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट भारतको ‘छिमेकी पहिलो नीति’लाई अगाडि बढाउन उपयोगी हुने तथा त्यसले भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतले बताएको छ ।

भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको घोषणा गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा भ्रमणले दुवै देशका जनताको साझा सभ्यताको सम्पदामा जोड दिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ७ : ४९ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल माघ ३० गते बुधबार सन्

एक महिना लामो स्वस्थानी व्रत समापन हुँदै

काठमाडौं – माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल माघ ३० गते बुधबार माघ

आज २०८१ साल माघ ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ ३० गते बुधबार माघ

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी

पेरिस – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन