गृहमन्त्री खाँण र कांग्रेस उम्मेदवारविरुद्ध फेरि उजुरी « Khabarhub

गृहमन्त्री खाँण र कांग्रेस उम्मेदवारविरुद्ध फेरि उजुरी


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

त्यस्तै कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ ।

तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाई रामकृष्ण खाँण मेयरका उम्मेदवार छन् । गृहमन्त्री खाणले आफ्नै घरमा विभिन्न मतदातालाई बोलाएर भेटघाट गर्ने गरेको र मौन अवधिमा समेत कतिपयलाई पार्टी प्रवेश गराएर आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै आयोगमा उजुरी परेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ का दिपेश कंडेलले गृहप्रशासनको आडमा गृहमन्त्री जस्तो व्यक्तिले आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै मन्त्री खाँण र कांग्रेस उम्मेदवार रामकृष्ण खाणमाथि कारबाहीको माग गरेका हुन् ।

गृहमन्त्री र उम्मेदवार खाँणविरुद्ध यसअघि पनि आयोगमा उजुरी परेको थियो । आचारसंहिताविपरीत घरदैलो कार्यक्रममा सहभागी भएको. भन्दै आयोगमा यसअघि नै उजुरी परेको थियो । त्यस्तै उम्मेदवार खाँणविरुद्ध यसअघि सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ८ : ४३ बजे

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

आज २०८२ साल चैत १६ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट