हेटौंडामा ट्रकले लियो बाबु-छोरीको ज्यान, चालक फरार | Khabarhub Khabarhub

हेटौंडामा ट्रकले लियो बाबु-छोरीको ज्यान, चालक फरार


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ वर्षीय ईश्वर कुमार तामाङ र पछाडी सवार उनकी २६ बर्षीया छोरी अमिना तामाङ रहेका छन्।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौडा अस्पतालमा बेलुकीनै मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतिय नम्बरको ग्यास लोड भएको बुलेट ट्रकले तामाङ बाबु–छोरी सवार ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे, ठक्कर दिएको थियो।

दुर्घटना लगतै फरार भएका बुलेट ट्रकका चालकको खोजी भइरहेको छ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १० : ४८ बजे

चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई

काठमाडौँ– चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको

कांग्रेस सभापति देउवासहित नेताहरू मंगलबार ओखलढुङ्गा जाँदै 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, सहमहामन्त्री

इन्डोनेसियामा बाढी र पहिरोमा परी १० जना बेपत्ता

जाकर्ता– इन्डोनेसियाको सुमात्रा टापुमा टोबा ताल नजिकैको एउटा गाउँमा अचानक

नेपालमा हरेक दिन थपिन्छन् एचआइभी संक्रमित

भैरहवा– नेपालमा दैनिक एक जनामा एचआइभी संक्रमण हुने गरेको छ

शहरबाट गाउँ सर्‍यो जिब्रोको स्वाद, बालबालिका जंकफुडमा लट्ठ

गाउँका मानिस शहर पस्ने होड बढ्दो छ । तर शहरको