फाइल फोटो

मुख्य समाचार

महानगरपालिकाले १० वटा स्मार्ट शौचालय सञ्चालनमा ल्याउने

By खबरहब

June 12, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ ।

सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेपछि महानगरपालिकाले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको हो ।

‘छिट्टै स्मार्ट ट्वाइलेट सुचारु हुन्छ । १० वटा नयाँ ट्वाइलेट सञ्चालनमा ल्याइने छ,’ आइतबार बसेको काठमाडौँ महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले भने ।

काठमाडौँ महानगर भित्रका केही संस्थाहरुले आफ्नो शौचालयहरू स्वतःस्फूर्त रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए । यस्ता संस्थाहरुले कार्यालय समयमा आफ्नो शौचालय सर्वसाधारणलाई पनि प्रयोग गर्न दिने उनले जनाए । शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिइने समेत उनले बैठकमा स्पष्ट पारे ।

आफ्नो शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिने संस्थाहरुलाई हरेक चार/चार महिनामा महानगरले सरसफाइ सामाग्री उपलब्ध गराउने उनले बताए ।