सरकारलाई सभामुखको रुलिङ, किसानलाई मल उपलब्ध गराऊ | Khabarhub Khabarhub

सरकारलाई सभामुखको रुलिङ, किसानलाई मल उपलब्ध गराऊ


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई मल उपलब्ध गराउन सरकारको नाममा रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको जारी ११औँ अधिवेशनका बैठकमा सांसदहरूले धान रोप्ने समय भइसक्दा पनि मल नपाएर किसान प्रताडित बनेको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले आइतबार सरकारको नाममा रुलिङ गरेका हुन् ।

आइतबारको बैठकमा सभामुख सापकोटाले किसानलाई यथाशीघ्र मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

बैठकमा सभामुख सापकोटाले भने, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १२ : ३४ बजे

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण