यस्तो छ परिणीतिको बलिउड यात्रा  « Khabarhub

यस्तो छ परिणीतिको बलिउड यात्रा 


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेत्री परिणीति चोपडाले गत वर्ष मात्र नेपालमा समेत फिल्म छायांकन गरिन् । राजश्री प्रोडक्सनको व्यानरमा बनिरहेको फिल्म ‘उचाइ’ को छायांकनका लागि उनी नेपाल समेत आएकी थिइन्।

बलिउड निर्देशक सुरज बडजात्याको निर्देशनमा तयार भइरहेको फिल्म ‘उचाइ’ मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, नीना गुप्तालगायतको अभिनय रहेको छ ।

राजश्रीको ब्यानरमा जोडिन पाउँदा उनी निकै उत्साहित छिन् । बलिउडमा एक दशकको यात्रा तय गरिसकेकी यी अभिनेत्रीले लन्डनमा म्यानचेस्टर बिजनेस स्कुलमा बिजनेस, फाइनान्स र इकोनोमिक्समा डिग्री गरेकी छिन् । यसैले गर्दा उनले त्यहीँ केही बैंकमा जागिरका लागि प्रयास गरिन् ।

तर, उनले कतै काम पाइनन् । पढाइ गर्ने समयमा ५० लाख ऋण भएकाले उनले भारत फर्किने निर्णय गरिन् । ‘म लन्डनबाट मुम्बई फर्किएँ किनकि दिल्लीभन्दा मुम्बईको टिकट सस्तो थियो,’ उनले एक अन्तर्वार्तामा भनेकी छिन् ।

उनी मुम्बई आएपछि यशराज फिल्म्समा एकाउन्टेन्टको कामका लागि एप्लाइ गरिन् । तर, त्यो पोस्टमा जागिर खाली नहुँदा उनलाई यशराज फिल्म्सले मार्केटिङ र पीआर डिपार्टमेन्टमा इन्टरनसिप दियो, जसलाई उनले स्वीकार गरिन् । ‘म त्यहाँ आफ्नै पढाइसँग सम्बन्धित काम चाहन्थे र त्यहीअनुसार जोडिएँ ’उनले भनिन् । त्यही अफिसमै निर्देशक मनिष शर्माले परिणीतिलाई स्पट गरे । त्यसै कारण उनले सन् २०११ को फिल्म ‘लेडिज भर्सेस रिकी बेल’ मा चान्स पाइन् ।

त्यो फिल्ममा काम गर्न उनलाई सहज भने थिएन । किनकि उनले केही ट्रेनिङ लिए पनि फिल्मका बारेमा जानकार थिइनन् । त्यसैले उनले मनिषलाई धेरै प्रश्न गर्ने गर्थिन् । ‘म क्यारेक्टरको बारेमा धेरै सोध्ने गर्छु किनकि म स्पष्ट नभएसम्म सट दिन सक्दिनँ’ परिणीति भन्छिन् । त्यसपछि उनले यशराज फिल्म्सकै फिल्महरू लगातार गरिन् ।

पछिल्लो समय उनले एक छुटै पहिचान स्थापित गरिसकेकी छिन् । उनी फिल्मसँगै रियालिटी शोमा समेत व्यस्त छिन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  २ : २८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार