गोलाप्रथाबाट जिसस रसुवाकाे प्रमुख उपप्रमुखमा एमाले विजयी « Khabarhub

गोलाप्रथाबाट जिसस रसुवाकाे प्रमुख उपप्रमुखमा एमाले विजयी


२९ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- जिल्ला समन्वय समिति रसुवाको  प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नाै सदस्य पदका लागि भएको निर्वाचनमा मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा एमालेका अशोककुमार घिमिरे, उपप्रमुखमा एमालेकै विजय लामा निर्वाचित भएका छन् ।

समिति सदस्यहरूमा एमालेका कामीछिरिङ तामाङ, खुवाप्रसाद पौडेल र कांग्रेसका खिलबहादुर न्यौपाने निर्वाचित भएका हुन् । महिला सदस्यमा एमालेकी देशीरानी तामाङ, कारतोक लामा र सबिता गुरुङ निर्वाचित भएका छन् । दलित तथा अल्पसङ्ख्यक सदस्यमा कांग्रेसकी पार्वती विश्वकर्मा निर्वाचित भएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पाँच वटा गाउँपालिका रहेको जिल्लामा पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमाले र कांग्रेसले पाँच-पाँच सिट जितेका थिए । जिससको पदाधिकारी चयनका लागि अध्यक्ष तथा उपाध्यक्षले मात्र मतदान गर्न मिल्ने भएकाले मत बराबर आएको थियो । मत बराबर आएपछि गोला प्रथाबाट कार्यसमिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ३ : ०४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया