गोलाप्रथाबाट जिसस रसुवाकाे प्रमुख उपप्रमुखमा एमाले विजयी « Khabarhub

गोलाप्रथाबाट जिसस रसुवाकाे प्रमुख उपप्रमुखमा एमाले विजयी


२९ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- जिल्ला समन्वय समिति रसुवाको  प्रमुख तथा उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नाै सदस्य पदका लागि भएको निर्वाचनमा मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा एमालेका अशोककुमार घिमिरे, उपप्रमुखमा एमालेकै विजय लामा निर्वाचित भएका छन् ।

समिति सदस्यहरूमा एमालेका कामीछिरिङ तामाङ, खुवाप्रसाद पौडेल र कांग्रेसका खिलबहादुर न्यौपाने निर्वाचित भएका हुन् । महिला सदस्यमा एमालेकी देशीरानी तामाङ, कारतोक लामा र सबिता गुरुङ निर्वाचित भएका छन् । दलित तथा अल्पसङ्ख्यक सदस्यमा कांग्रेसकी पार्वती विश्वकर्मा निर्वाचित भएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पाँच वटा गाउँपालिका रहेको जिल्लामा पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमाले र कांग्रेसले पाँच-पाँच सिट जितेका थिए । जिससको पदाधिकारी चयनका लागि अध्यक्ष तथा उपाध्यक्षले मात्र मतदान गर्न मिल्ने भएकाले मत बराबर आएको थियो । मत बराबर आएपछि गोला प्रथाबाट कार्यसमिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ३ : ०४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति