भिरबाट लडेर एक वृद्धको मृत्यु | Khabarhub Khabarhub

भिरबाट लडेर एक वृद्धको मृत्यु


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- जिल्लाको मिक्लाजुङ गाउँपालिका–६ मा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।

शनिबार कन्याटार बजार गएका ७१ वर्षका रिङ्कनाथ आङ्बोहाङ साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा सिङ्गेनी भिरबाट लडेर मृत्यु भएका अवस्थामा स्थानीयवासीले फेला पारेका थिए । भिरबाट करिब ३० मिटर तल झर्दा आङ्बोहाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

मृतकको शव परीक्षणका लागि स्वास्थ्य केन्द्र रवि ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ३ : ४८ बजे

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट