दाङमा चलचित्र पत्रकार सम्मानित  « Khabarhub

दाङमा चलचित्र पत्रकार सम्मानित 


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको छ ।

संघले शनिबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी १४ औँ वार्षिक उत्सव मनाएको हो । संघका दाङ शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा १४ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

त्यस अवसरमा नगरप्रमुख खड्काले चलचित्र क्षेत्रको उत्थान र प्रवर्द्धनका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताए । नगरप्रमुख खड्काले कोरोना महामारीपछि दाङमा बन्द रहेका फिल्म हल संचालनका लागि पालिका सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले तुलसीपुर लगायत दाङमा पर्यटन प्रवर्द्धनका लागि चलचित्रको छायाँङ्कन जिल्लामा नै गर्नुपर्ने बताए । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले १४ औँ वार्षिकोत्सवको अवसरमा सात जना पत्रकारलाई सम्मान गरेको छ । संघले दुई जनालाई नगदसहित पुरस्कृत एवं सम्मान गरेको छ भने पाँच जनालाई प्रमाणपत्रले सम्मान गरेको छ ।

वार्षिकोत्सव समारोहमा संघका दाङ शाखा उपाध्यक्ष सन्तोष केसीले स्थापना गरेको चमन बहादुर रंग पत्रकारिता पुरस्कार २०७९ बाट नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शितल र संघका उपाध्यक्ष चेतन रेग्मीले स्थापना गरेको भागवता बसन्त  रंग पत्रकारिता पुरस्कार २०७९ बाट सेतोपाटीका सम्वाददाता नारायण खड्कालाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

यस्तै संघको वार्षिकोत्सवको अवसरमा राष्ट्रिय पत्रकारिता सम्मानबाट केन्द्रीय महासचिव समिर बलामी, राष्ट्रिय कलाकारिता सम्मानबाट नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा चलचित्र निर्माता,निर्देशक केएल  पीडित सम्मानित हुनुभएको छ । यस्तै पत्रकारिता सम्मानबाट रिपोटर्स क्लब दाङका महासचिव बिमल गौतम, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम र गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक शुलोचना गौतम सम्मानित हुनुभएको छ ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव समीर बलामी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, पूर्व अध्यक्ष केएल पीडित,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी,प्रेस युनियन दाङ अध्यक्ष सन्तोष सुवेदी, स्वतन्त्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष जीतसागर जीएम, मेट्रो कलेज तुलसीपुरका प्रमुख बसन्त आचार्य, गायक तथा संगीतकार प्रकाश रेग्मी, गजल अभियान दाङ अध्यक्ष प्रबल विष्ट लगायतले नेपाली चलचित्रको विकास र प्रवर्द्धनमा पत्रकार तथा संचारकर्मीको भूमिका महत्त्वपूर्ण भएको बताउनुभयो ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ४ : ११ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६