युक्रेनमा पश्चिमा मुलुकबाट आपूर्ति गरिएका हतियार भण्डार ध्वस्त पारेको रुसको दाबी « Khabarhub

युक्रेनमा पश्चिमा मुलुकबाट आपूर्ति गरिएका हतियार भण्डार ध्वस्त पारेको रुसको दाबी


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र युरोपेली मुलुकबाट युक्रेनमा आपूर्ति गरिएका हतियारको ठूलो भण्डारण ध्वस्त पारिएको रुसी सेनाले जनाएको छ । रुसी समाचार संस्था इन्टरफ्याक्सले रुसी रक्षा अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार रुसले प्रहार गरेको क्रुज क्षेप्यास्त्रबाट युक्रेनी हतियार भण्डारण ध्वस्त भएको हो ।

रुसी फौजले युक्रेनको टेर्नोपिल क्षेत्रमा क्रुज क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ । टेर्नोपिल क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रस्थित चोर्तकिभ सहरमा रुसी फौजले कृष्ण सगरबाट क्रुज क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

गभर्नर भोलोदिमिर ट्रुृसले जनाएअनुसार रुसी आक्रमणमा सैनिक पूर्वाधारमा आंशिक क्षति पुगेको जनाएका छन् ।

आक्रमणका क्रममा २२ जना घाइते भएको ट्रुसलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । एकजना स्थानीय अधिकारीले रोयटर्सलाई बताएअनुसार सो क्षेत्रमा कुनै हतियार भण्डारण गरिएको भने थिएन ।

रुसी समाचार संस्था इन्टरफ्याक्सले कलिबर क्रुुज क्षेप्यास्त्र प्रहार गरी हतियार राखिएको ठूलो भण्डारण ध्वस्त पारिएको दाबी गरेको हो ।

पछिल्लो समय पूर्वी युक्रेनको सेभेरोडोनेत्स्क सहरमा रुसी तथा युक्रेनी फौजबीच संघर्ष चर्किरहेका बेला रुसले युक्रेनमा पश्चिमा मुलुकबाट आपूर्ति गरिएका हतियारको भण्डारण ध्वस्त पारेको दाबी गरेको हो ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ४ : ५१ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला