आगामी जनवरीदेखि पोखरामा नदेखिन सक्छन् प्याराग्लाइडिङ « Khabarhub

आगामी जनवरीदेखि पोखरामा नदेखिन सक्छन् प्याराग्लाइडिङ


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण यहाँ हवाई खेलकुद गर्न नमिल्ने भएको छ । पोखराको पहिचान बनेको प्याराग्लाइडिङ स्थानान्तरण गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिइसकेको छ । आउँदो १ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । यहाँबाट जहाज उड्नुअघि नै प्याराग्लाइडिङलाई पोखराबाट हटाउनु पर्ने सर्त छ ।

‘अन्तर्राष्ट्रिय उडान गर्ने भए पोखरामा प्याराग्लाइडिङ सम्भव छैन । मैंले साथीहरूलाई त्यही भनिदिएको छु,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘पोखरामा अब प्याराग्लाइडिङ उड्न सम्भव छैन ।’ उडानको सुरक्षाका लागि यहाँ हवाई गतिविधि गर्न नमिल्ने भएको हो ।

सराङकोट र आसपासका डाँडाबाट दैनिक पोखरामा सयौँ प्याराग्लाइडर उड्छन् । पोखरा आउने पर्यटकका लागि महत्त्वपूर्ण आकर्षण हो, प्याराग्लाइडिङ । तर, अन्तर्राष्ट्रिय विमानस्थलका कारण यो व्यवसाय पोखराबाट विस्थापित हुने भएको छ । प्राधिकरणले अङ्ग्रेजी नयाँ वर्षबाट अन्तर्राष्ट्रिय उडान थाल्ने तयारीअनुसार प्याराग्लाइडिङ सार्न व्यवसायीलाई बोलाएरै आग्रह गरेको हो ।

पोखराबाट वर्षेनी एक लाख ५० हजार पर्यटकले प्याराग्लाइडिङ गर्छन् । ६० वटा कम्पनीले यहाँ प्याराग्लाइडिङको सुविधा दिएको छ । ६ सयभन्दा बढी कर्मचारी यो व्यवसायमा प्रत्यक्ष आबद्ध छन् । व्यवसायीहरूले भने प्याराग्लाइडिङ विस्थापित गर्दा पोखराको पर्यटनमै धक्का लाग्ने बताएका छन् । नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारी पोखरामा प्याराग्लाइडिङका लागि भनेरै पनि पर्यटक आउँछन् ।

‘हिमालदेखि तालसम्म सुन्दर दृश्य हेर्न पाउँछन् । यहाँको हावापानीका कारण पनि प्याराग्लाइडिङ उत्कृष्ट बनेको छ,’ उनले भने, ‘पोखराबाट विस्थापित गर्नुपरे बर्बाद हुन्छ । पर्यटन धराशायी हुन सक्छ ।’ व्यवसायीहरूले वैकल्पिक व्यवस्थाका लागि सरकारसँग आग्रह गरेका छन् । उनीहरूले सकेसम्म पोखराबाट विस्थापित नगर्न भनेका छन् । पोखराको प्याराग्लाइडिङ विश्वमै उत्कृष्ट गन्तव्यमध्ये तेस्रोमा पर्छ । यहीँबाट विस्थापित भए पर्यटकको सङ्ख्या पनि घट्ने व्यवसायीहरूको भनाइ छ ।

प्याराग्लाइडिङसँगै पुतली जहाजको रूपमा परिचित अल्ट्रालाइट र जाइरोकोप्टरले पनि विकल्प खोज्नुपर्ने अवस्था आएको छ । हरेक दिन अल्ट्रालाइटले पोखरा बजारसहित हिमालको छेउसम्म यात्रुलाई घुमाउने गरेको छ । विशेषतः चिनियाँ पर्यटकको रोजाइमा पर्छ, अल्ट्रालाइट र प्याराग्लाइडिङ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ५ : १० बजे

देउवाले विशेष महाधिवेशनेको कुरै सुन्न चाहेनन्, पुस मसान्तमा नियमितको तालिका ल्याउँदै कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका पुस मसान्तमा ल्याउने

सरकारको मुख्य काम संस्थागत सुदृढीकरण हो : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले सरकारको मुख्य

‘जेनजी’का मुद्दा छिटो टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार (मंसिर १२) ‘जेनजी’ आन्दोलनका अगुवा

पूर्वाधार योजनाको ड्रइङ, डिजाइनिङमा वातावरणीय पक्ष समावेश गर्न निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले पूर्वाधार योजनाको ड्रइङ,

प्रधानमन्त्री र अध्यक्ष ढकालबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसद्मा