आगामी जनवरीदेखि पोखरामा नदेखिन सक्छन् प्याराग्लाइडिङ « Khabarhub

आगामी जनवरीदेखि पोखरामा नदेखिन सक्छन् प्याराग्लाइडिङ


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण यहाँ हवाई खेलकुद गर्न नमिल्ने भएको छ । पोखराको पहिचान बनेको प्याराग्लाइडिङ स्थानान्तरण गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिइसकेको छ । आउँदो १ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । यहाँबाट जहाज उड्नुअघि नै प्याराग्लाइडिङलाई पोखराबाट हटाउनु पर्ने सर्त छ ।

‘अन्तर्राष्ट्रिय उडान गर्ने भए पोखरामा प्याराग्लाइडिङ सम्भव छैन । मैंले साथीहरूलाई त्यही भनिदिएको छु,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘पोखरामा अब प्याराग्लाइडिङ उड्न सम्भव छैन ।’ उडानको सुरक्षाका लागि यहाँ हवाई गतिविधि गर्न नमिल्ने भएको हो ।

सराङकोट र आसपासका डाँडाबाट दैनिक पोखरामा सयौँ प्याराग्लाइडर उड्छन् । पोखरा आउने पर्यटकका लागि महत्त्वपूर्ण आकर्षण हो, प्याराग्लाइडिङ । तर, अन्तर्राष्ट्रिय विमानस्थलका कारण यो व्यवसाय पोखराबाट विस्थापित हुने भएको छ । प्राधिकरणले अङ्ग्रेजी नयाँ वर्षबाट अन्तर्राष्ट्रिय उडान थाल्ने तयारीअनुसार प्याराग्लाइडिङ सार्न व्यवसायीलाई बोलाएरै आग्रह गरेको हो ।

पोखराबाट वर्षेनी एक लाख ५० हजार पर्यटकले प्याराग्लाइडिङ गर्छन् । ६० वटा कम्पनीले यहाँ प्याराग्लाइडिङको सुविधा दिएको छ । ६ सयभन्दा बढी कर्मचारी यो व्यवसायमा प्रत्यक्ष आबद्ध छन् । व्यवसायीहरूले भने प्याराग्लाइडिङ विस्थापित गर्दा पोखराको पर्यटनमै धक्का लाग्ने बताएका छन् । नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारी पोखरामा प्याराग्लाइडिङका लागि भनेरै पनि पर्यटक आउँछन् ।

‘हिमालदेखि तालसम्म सुन्दर दृश्य हेर्न पाउँछन् । यहाँको हावापानीका कारण पनि प्याराग्लाइडिङ उत्कृष्ट बनेको छ,’ उनले भने, ‘पोखराबाट विस्थापित गर्नुपरे बर्बाद हुन्छ । पर्यटन धराशायी हुन सक्छ ।’ व्यवसायीहरूले वैकल्पिक व्यवस्थाका लागि सरकारसँग आग्रह गरेका छन् । उनीहरूले सकेसम्म पोखराबाट विस्थापित नगर्न भनेका छन् । पोखराको प्याराग्लाइडिङ विश्वमै उत्कृष्ट गन्तव्यमध्ये तेस्रोमा पर्छ । यहीँबाट विस्थापित भए पर्यटकको सङ्ख्या पनि घट्ने व्यवसायीहरूको भनाइ छ ।

प्याराग्लाइडिङसँगै पुतली जहाजको रूपमा परिचित अल्ट्रालाइट र जाइरोकोप्टरले पनि विकल्प खोज्नुपर्ने अवस्था आएको छ । हरेक दिन अल्ट्रालाइटले पोखरा बजारसहित हिमालको छेउसम्म यात्रुलाई घुमाउने गरेको छ । विशेषतः चिनियाँ पर्यटकको रोजाइमा पर्छ, अल्ट्रालाइट र प्याराग्लाइडिङ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ५ : १० बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण