छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु


२९ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मकवानपुर, बाँके, बर्दिया, सुनसरी र सुर्खेतमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा एनएल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले ना.६१ प ४५९७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–९ पशुपतिनगर बस्ने ५५ वर्षीय ईश्वर कुमार तामाङ र मोटरसाइकलमा सवार उनकै छोरी २६ वर्षीया अमिना तामाङ छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ग्यास बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–२ मनकामना चोकमा भे.१० प २७११ नम्बरको मोटरसाइकल र लु.८४ प १६१७ नम्बरको मोटरसाइकल ठोक्किँदा शनिबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लु.८४ प १६१७ नम्बरको मोटरसाइकल चालक बर्दिया सानोश्री बस्ने ४१ वर्षीय सूर्य प्रकाश वलि रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा भे.१० प २७११ नम्बरको मोटरसाइकलमा सवार २ जना सामान्य घाइते भएका छन् ।

बर्दियाको बासगढी नगरपालिका–८ स्थित चोकमा बाग्मती प्रदेश ०३–०१–००६ ख ३६११ नम्बरको ट्रकले बा.२६ प ६५३१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक २५ वर्षीय जय कुमार थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको कोशी गाउँपालिका–५ स्थित सडकमा को.२ च ३९९२ नम्बरको स्कारपियो गाडीको ठक्करबाट आइतबार बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदलयात्री सोही गाउँपालिका–७ बस्ने १८ वर्षीय श्रबन कुमार मेहता रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनरसिंह होम अस्पताल हुँदै धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्मा खोलामा भे.१ त ९२६२ नम्बरको ट्याक्टरको ठक्करबाट आइतबार बिहान पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने उदय तिरुवाको छोरा १३ वर्षीय तुलाराम बिक रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ५ : २४ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन