फ्यानलाई जी-बबको सन्देश,’केही समय धैर्य गर्नुस्, दामी गीत आउँछ’  « Khabarhub

फ्यानलाई जी-बबको सन्देश,’केही समय धैर्य गर्नुस्, दामी गीत आउँछ’ 


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- र्‍यापर जी-बब अर्थात् सुदीप भण्डारीले आफैँले घर छाडेको बताएका छन् । उनले आफू स्वतन्त्र हुन् पाउनु पर्ने भन्दै निवेदन दिएको बताएका छन् ।

काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै जी-बबले स्वतन्त्रताको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताएका छन् ।’मैँले आफू स्वतन्त्र हुन, निवेदन दिएको हुन् । मलाई मेरो करियर, हेल्थ र म्युजिकको उत्तिकै माया छ’ उनले भने । आयोजित पत्रकार सम्मेलनमा जी-बबले आफ्नो आमाले आफूलाई इच्छा विपरीत प्रयोग गर्न खोजेको आरोप समेत लगाए ।

फोटो सौजन्य : अन्जान कार्की

‘म आफैँले घर छाडेर रिह्याब गएको हुँ । मेरो हेल्थ ठिक छ । म बिस्तारै कुलतबाट निस्किँदै छु’ उनले भने । आफू कुलतमा रहेता पनि यो अवस्था परिवारकै कारण आएको उनले बताएका छन् ।’म सानो छँदा मैँले आमाको साथ पाइन् । अलि पहिलेसम्म पनि मेरो वास्ता थिएन । म एएनटिएफसँग आबद्ध भएर चर्चित बनेपछि यो सब पैसाको कारण भएको हो’ जी-बबले भने ।

पारिवारिक लफडा सार्वजनिक गरेर बुवा आमा मिडियामा आएकै कारण आफू प्रेस मिट गर्न बाध्य भएको बताए । उनले आफूलाई काममा स्वतन्त्रता चाहिएको पनि प्रस्ट्याए । ‘म जे छु एएनटिएफकै कारण छु । उनीहरूले मलाई सांगीतिक वातावरण दिएका छन् । म उनीहरूसँग सम्झौता गरेर संगीतमा व्यस्त छु । तर कमिसनको कुरामा मेरो आमाले ल्याङ्गल्याङ्ग गर्नु भयो’ उनले भने ।

उनले आफ्नो फ्यानहरूलाई केही समय धैर्य गर्न आग्रह गरेका छन् । ‘मेरो फ्यानहरूलाई सन्देश के छ भने धैर्य गर्नुस्  । राम्रो, दामी गीत आउँदै छ । आउँछ , कुर्नुस्’ उनले भने । जी-बबले पत्रकार सम्मेलनमा आफूलाई स्वतन्त्रता दिए मात्र संगीतलाई अगाडी बढाउन सक्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा एएनटीएफका सदस्य हाकिम गुरुङले पनि जी-बब र परिवारबीचको विवादमा एएनटीएफ नरहेको बताए । विवाद समाधानमा सघाउन आफूहरू तयार रहेको गुरुङले बताए । आधा घण्टा लामो पत्रकार सम्मेलनपछि जी-बब पुनर्स्थापना केन्द्रमा फर्किएका छन् । उनी समर्पण समाज नामक पुनर्स्थापना केन्द्रका सदस्यसँगै त्यसतर्फ लागेका हुन् । उक्त रिह्याबका सञ्चालक टासी लामाले जी-बबले आफूसँग सहयोग मागेको र उनलाई उपचारको जरुरी भएको बताए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ५ : ४० बजे

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो

मानवअधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

काठमाडौं- भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन

सरकारबारे बोलेकै कारण नायिकामाथि बालेन समर्थकको ‘साइबर बुलिङ’

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको एल्गोरिदमको प्रभावमा

सिंहदरबारभित्रै छिर्‍यो सरकारविरोधी आन्दोलन (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेका बेला