फ्यानलाई जी-बबको सन्देश,’केही समय धैर्य गर्नुस्, दामी गीत आउँछ’  « Khabarhub

फ्यानलाई जी-बबको सन्देश,’केही समय धैर्य गर्नुस्, दामी गीत आउँछ’ 


२९ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- र्‍यापर जी-बब अर्थात् सुदीप भण्डारीले आफैँले घर छाडेको बताएका छन् । उनले आफू स्वतन्त्र हुन् पाउनु पर्ने भन्दै निवेदन दिएको बताएका छन् ।

काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै जी-बबले स्वतन्त्रताको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताएका छन् ।’मैँले आफू स्वतन्त्र हुन, निवेदन दिएको हुन् । मलाई मेरो करियर, हेल्थ र म्युजिकको उत्तिकै माया छ’ उनले भने । आयोजित पत्रकार सम्मेलनमा जी-बबले आफ्नो आमाले आफूलाई इच्छा विपरीत प्रयोग गर्न खोजेको आरोप समेत लगाए ।

फोटो सौजन्य : अन्जान कार्की

‘म आफैँले घर छाडेर रिह्याब गएको हुँ । मेरो हेल्थ ठिक छ । म बिस्तारै कुलतबाट निस्किँदै छु’ उनले भने । आफू कुलतमा रहेता पनि यो अवस्था परिवारकै कारण आएको उनले बताएका छन् ।’म सानो छँदा मैँले आमाको साथ पाइन् । अलि पहिलेसम्म पनि मेरो वास्ता थिएन । म एएनटिएफसँग आबद्ध भएर चर्चित बनेपछि यो सब पैसाको कारण भएको हो’ जी-बबले भने ।

पारिवारिक लफडा सार्वजनिक गरेर बुवा आमा मिडियामा आएकै कारण आफू प्रेस मिट गर्न बाध्य भएको बताए । उनले आफूलाई काममा स्वतन्त्रता चाहिएको पनि प्रस्ट्याए । ‘म जे छु एएनटिएफकै कारण छु । उनीहरूले मलाई सांगीतिक वातावरण दिएका छन् । म उनीहरूसँग सम्झौता गरेर संगीतमा व्यस्त छु । तर कमिसनको कुरामा मेरो आमाले ल्याङ्गल्याङ्ग गर्नु भयो’ उनले भने ।

उनले आफ्नो फ्यानहरूलाई केही समय धैर्य गर्न आग्रह गरेका छन् । ‘मेरो फ्यानहरूलाई सन्देश के छ भने धैर्य गर्नुस्  । राम्रो, दामी गीत आउँदै छ । आउँछ , कुर्नुस्’ उनले भने । जी-बबले पत्रकार सम्मेलनमा आफूलाई स्वतन्त्रता दिए मात्र संगीतलाई अगाडी बढाउन सक्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा एएनटीएफका सदस्य हाकिम गुरुङले पनि जी-बब र परिवारबीचको विवादमा एएनटीएफ नरहेको बताए । विवाद समाधानमा सघाउन आफूहरू तयार रहेको गुरुङले बताए । आधा घण्टा लामो पत्रकार सम्मेलनपछि जी-बब पुनर्स्थापना केन्द्रमा फर्किएका छन् । उनी समर्पण समाज नामक पुनर्स्थापना केन्द्रका सदस्यसँगै त्यसतर्फ लागेका हुन् । उक्त रिह्याबका सञ्चालक टासी लामाले जी-बबले आफूसँग सहयोग मागेको र उनलाई उपचारको जरुरी भएको बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ५ : ४० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको