चार जना मृत अवस्थामा फेला | Khabarhub Khabarhub

चार जना मृत अवस्थामा फेला


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुर, पर्सा, रुपन्देही र नुवाकोटमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पर्साको जगरनाथपुर गाउँपालिका-६ स्थित औराहा नारा खोल्सीमा बहुदरमाई नगरपालिका-२ सिसिया बैरिया बस्ने ४० वर्षीय राजेश राम शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-४ स्वर्गद्वारीपथ डेरा गरी बस्ने कास्की घर भएका ४१ वर्षीय आइते दमाई आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । नुवाकोटको ककनी गाउँपालिका(१ सिमटार बस्ने ६० वर्षीय काले कामी सोही ठाउँस्थित कोही नबस्ने कच्ची घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ६ : २० बजे

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका– बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव 

गोरखा– प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा

‘वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिन जरुरी’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणका साथै

म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

एजेनसी– इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार