काठमाडौँ- गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गर्ने भएकी छन् ।
उनले यसको जानकारी समाजिक सञ्जाल मार्फत दिएकी हुन् । उनले इन्स्टाग्राममा पोस्ट राख्दै मंगलबार शरदसँग विवाह गर्न लागेको जानकारी गराएकी हुन् । ‘भगवानको कृपा र परिवारको आशिवार्दलाई साक्षी राख्दै हामीले जुन १४ मा विवाह गर्ने निर्णय गरेका छौँ । यो यहाँको आशिर्वाद र शुभेच्छा भोलिका दिनमा पनि रहनेछ भन्ने अपेक्षा राखेका छौँ’ उनले लेखेकी छिन् ।
आइतबार पारिवारिक समारोहमा दुबैको मेहन्दी कार्यक्रम सम्पन्न भएका तस्बिर सार्वजनिक भएका छन् । नेपाल आइडलको मञ्चबाट गायनमा प्रवेश गरेकी इन्दिराले आइटम गायिकाको रुपमा पाश्र्व गायनमा नाम कमाएकी थिइन् । इन्दिराका हुनेवाला दुलाहा शरद केडियो फेसन डिजाइनर रहेको बताइएको छ । यो जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । शरदले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिएका थिए भने इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् ।
प्रतिक्रिया