आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भित्ता काटेर सडक निर्माण गरिँदै | Khabarhub Khabarhub

आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भित्ता काटेर सडक निर्माण गरिँदै


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डको सडक भासिएको ठाउँमा भित्ता काट्ने कामलाई निरन्तरता दिइएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएको ठाउँमा कुनापट्टि भित्ता खन्ने कामलाई आज पनि निरन्तरता दिइएको हो । केही दिनदेखि परेको वर्षाका कारण शुक्रबार बिहान सडक भासिएपछि उक्त खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन हुँदै आएको छ ।

सडक डिभिजन कार्यालय दमौलीले अहिले साँझ ५ बजेदेखि यातायात बन्द गरी सडक खन्ने काम गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । ‘५ बजेदेखि यातायात बन्द गरेर काम सुरु भएको छ । करिब दुई घण्टासम्म काम जारी रहँदा यातायात अवरुद्ध हुन्छ’, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक नीरज डाँगीले भने ।

सडक डिभिजनले बिहानको समयमा ८ बजेदेखि काम सुरु गर्दा केही बेर सडक अवरुद्ध हुने गरेको छ । आज बिहान पनि ११ बजेसम्म सडक अवरुद्ध गरी काम गरिएको छ । काम नगरेको बेला एकतर्फी रुपमा यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ । सडक भासिएर एकतर्फी यातायात सञ्चालन हुँदा सवारीको चापले गर्दा जाम हुने गरेको छ । उक्त सडक भासिएर कार र मोटरसाइकल खस्दा दुईको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ८ : १९ बजे

दुई बस त्रिशूलीमा खसेको ५ दिनपछि सिमलताल पुगे रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने गत शुक्रबार

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको

गोलीकाण्डपछि कानमा पट्टी बाँधेर पार्टी सम्मेलनमा पुगे ट्रम्प

वासिङ्टन- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि भएको हमलापछि पहिलो

गंगालाल हृदय केन्द्रलाई पाँचसय शय्याको बनाउने मन्त्री पौडेलको प्रतिवद्धता

काठमाडौँ– नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल