सम्पन्न भयो स्टार म्युजिक भिडियो अवार्ड   | Khabarhub Khabarhub

सम्पन्न भयो स्टार म्युजिक भिडियो अवार्ड  


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा ‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ सम्पन्न भएको छ ।

विभिन्न उत्कृष्ट ४२ विधा तथा जुरी र पपुलर विधामा अवार्ड प्रदान गर्दै शनिबार यो अवार्ड सम्पन्न भएको हो । पूर्वमन्त्री विना मगरको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड समारोहमा आधुनिक गीत यसपटक प्रताप दाश र एलिना चौहान उत्कृष्ट गायक गायिका भएका छन् ।

प्रताप दासले तिमि छाउ र एलिना चौहानले ओखल ढिकीबाट उत्कृष्ट गायनको अवार्ड चुमेका हुन् । यस्तै आधुनिक गायनमै जुरी अवार्ड शेरकेनीले प्राप्त गरे । आधुनिक संगीतकारको अवार्ड रोशन सिंहले हाँसिल गरे । ग्रेट नटराज फिल्मसले काठमाडौंमा आयोजना गरेको सो कार्यक्रममा नव गायिका विधामा दिया पोखरेल उत्कृष्ट भइन भने कविता शिवाकोटीले जुरी अवार्ड प्राप्त गरिन् ।

आधुनिक विधामै भिडियो तर्फ नृत्य निर्देशकको अवार्ड राहुल बराइलीले, महिला मोडलको अवार्ड जेविका कार्कीले, म्युजिक भिडियो छायाँकारको अवार्ड नवराज उप्रेतीले र छायाँकारको जुरी अवार्ड  वीरेन्द्र भट्टले प्राप्त गरे । यस्तै आधुनिक गीत म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड अर्जुन भुसालले, उत्कृष्ट भिडियो सम्पादकको अवार्ड मिलन विश्वकर्माले र भिडियो सम्पादकको जुरी अवार्ड वीरबहादुर थारुले हाँसिल गरे ।

आधुनिक गीतको भिडियोमा उत्कृष्ट पुरुष मोडलको अवार्ड हरिश निरौला कक्रोचले, नव मोडलको अवार्ड प्रकाश बस्नेतले, पपुलर नव मोडलको अवार्ड अनिल थापाले र मोडलको जुरी अवार्ड रमेश रमतेलले प्राप्त गरे । कार्यक्रममा उत्कृष्ट बाल कलाकारको अवार्ड सान्वी खतिवडाले चुमिन । यस्तै लोक पप विधामा गायकको अवार्ड सारनकोट गीतबाट प्रवीण भट्टले र यही विधाको जुरी अवार्ड सनम खतिवडाले पाए ।

लोक पप विधामा उत्कृष्ट पुरुष मोडलको अवार्ड सुनिल गुरुङले र पुरुष मोडलमै जुरी अवार्ड प्रकाश श्रेष्ठले, पपुलर विधाको अवार्ड कमल सिंहले हाँसिल गरे भने उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड सुबोल थापाले पाए । उत्कृष्ट लोक साँस्कृतिक गीतको अवार्ड निशा गुरुङ श्रेष्ठले यही विधाको जुरी अवार्ड कालिका रोकाले हाँसिल गरे ।

लोक दोहोरी विधामा उत्कृष्ट गायकको अवार्ड विछोड गीतबाट मानसिंह खड्काले र यही विधाको जुरी अवार्ड सविन गुरुङले हाँसिल गरे । उत्कृष्ट महिला लोक दोहोरी गायिकाको अवार्ड अँधेरीमा गीतबाट टिका पुनले प्राप्त गरिन् । यही विधामा सन्ध्या परियारले जुरी अवार्ड र शान्ता थापाले पपुलर अवार्ड हाँसिल गरे ।

उत्कृष्ट नव गायिकाको अवार्ड सुनिता तिमिल्सिनाले, नव गायिकाको जुरी अवार्ड करिश्मा बिसीले, उत्कृष्ट नव गायकको अवार्ड प्रवीण सापकोटाले, नव गायकको पपुलर अवार्ड सिद्धार्थ मगरले र जुरी अवार्ड कृष्ण लामिछानेले प्राप्त गरे । लोक दोहोरीमै खेम सेन्चुरीले उत्कृष्ट लय तथा नव तर्फ गोविन्द भण्डारीले उत्कृष्ट लय ९नव०को अवार्ड जिते ।

उत्कृष्ट लोक दोहोरी गीतको अवार्ड आभास शताब्दीको जाडो भयो पछ्यौरी गीतले हाँसिल गरेको सो कार्यक्रममा नव कलाकारको उत्कृष्ट गीत चौतारीमा बर्को भयो । कृष्ण स्वर्णकारले पनि नव कलाकारको अवार्ड पाए ।

लोक दोहोरी भिडियो मै नृत्य तर्फ पुरुष मोडको अवार्ड शंकर बिसीले चुमे । यही विधामा ओबी रायमाझीले रम रम मरौटीबाट पपुलर र प्रेम थापाले जुरी अवार्ड पाए । उत्कृष्ट महिला मोडलको अवार्ड मन परेको गीतबाट अञ्जली अधिकारीले हाँसिल गरिन् । लोक दोहोरी भिडियो मै अभिनय तर्फ उत्कृष्ट मोडलको अवार्ड आनन्द गुरुङले, लोकप्रिय मोडलको अवार्ड निक शर्माले र जुरी अवार्ड सुनिल लामिछानेले हाँसिल गरे ।

अभिनय तर्फ उत्कृष्ट महिला मोडलको अवार्ड टिका जैसीले, नयाँ मोडल पुरुषको अवार्ड पदम बहादुर राना मगरले र जुरी अवार्ड गोविन्द बिवसले प्राप्त गरे । नव तर्फ उत्कृष्ट मोडल शर्मिला पुन मगर र जुरी अवार्ड सुमित्रा गुरुङले पाए । नारायणी खत्री वर्षको सर्वश्रेष्ठ मोडल घोषित भए ।

यस्तै लोक दोहोरीमै म्युजिक भिडियो निर्देशकको जुरी अवार्ड दीपक अधिकारीले, कोरियोग्राफरको अवार्ड माधव श्रेष्ठले, छायाँकारको अवार्ड विजय लामाले, सम्पादकको अवार्ड राजकुमार मगरले र सम्पादक तर्फको जुरी अवार्ड रबिन बीकेले प्राप्त गरे । व्यवस्थापकको अवार्ड तेजेन्द्र दुराले, लोक दोहोरीमै उत्कृष्ट रेकर्डिस्टको अवार्ड गोविन्द पराजुलीले, उत्कृष्ट म्युजिक भिडियो नव निर्देशकको अवार्ड रमेश बिके रसाइलीले पाए ।

मौलिक गीत तर्फ उत्कृष्ट मोडलको अवार्ड लक्ष्मी गुरुङले र जुरी अवार्ड बबिता गुरुङ (कुडुले)ले हाँसिल गरे । भाषाभाषी तर्फ उत्कृष्ट तामाङ गीत भिडियो निर्देशक अवार्ड देव दोर्जे लामाले, उत्कृष्ट तामाङ गीत भिडियो पुरुष मोडलको अवार्ड हेरुका लामा र महिला मोडलको अवार्ड सरिता रानाले तथा महिला मोडल जुरी अवार्ड ऋतु लामाले प्राप्त गरे । यस्तै मैथिली भाषा तर्फ उत्कृष्ट गायन अवार्ड रुपेश झाले हाँसिल गरे ।

उत्कृष्ट डान्स लिडरको अवार्ड नाथुनी जैशवालले र यही विधाको जुरी अवार्ड मोहन सुनुवारले पाए । म्युजिक भिडियोका प्राविधिक विधा तर्फ उत्कृष्ट पुरुष मेकअप आर्टिष्टको अवार्ड मोहन लामाले र महिला मेकअप आर्टिष्टको अवार्ड सपना लम्सालले प्राप्त गरे ।

गीत संगीत क्षेत्रमा लामो योगदान दिएको भन्दै लोक दोहोरी गायक कृष्णा कँडेल, राजु परियार, बाद्यबादक खर्क बुढा, लोक दोहोरी गायिका लक्ष्मी न्यौपाने, गायिका सरिता भारती कार्यक्रममा सम्मानित भए । यस्तै नृत्य कलाकार विशाल स्याङ्जाली, कलाकार मधुर बस्नेत, सामाजिक अभियन्ता डिल्ली अधिकारी पनि कार्यक्रममा सम्मानित भए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ७ : ४२ बजे

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र