लमजुङमा सात जना जुवाडे पक्राउ | Khabarhub Khabarhub

लमजुङमा सात जना जुवाडे पक्राउ


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लमजुङ प्रहरीले सदरमुकाम बेँसीशहरबाट ४४ हजार ७ सय ७० रुपैयाँ नगदसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले शनिबार दिउँसो २ बजेको समयमा बेँसीशहर ७ पुरानो बैंकचोक स्थित बुद्धि कुमार श्रेष्ठको घरमा हार जितको बाजी राखी जुवा तास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेँसीशहर नगरपालिकाका तीन जना, मर्स्याङ्दी गाउँपालिकाका दुई जना, दोर्दी गाउँपालिकाको एक जना र नवलपरासी जिल्लाका एक जना रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट १६० पत्ती तास र नगद ४४ हजार ७ सय ७० रुपैयाँ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए । उनका अनुसार आइतबार सार्वजनिक बिदा परेका कारण उनीहरूलाई सोमबार जिल्ला प्रशासन कार्यालय लमजुङमा म्याद थप गरी अनुसन्धान गरिनेछ ।

लमजुङ प्रहरीले चालु आर्थिक वर्षमा जुवातास खेल्ने खेलाउने ८० जना पुरुष र १ महिलालाई नगद ८ लाख ६५ हजार दुई सय रकम बरामद गरी कानुनको दायरामा ल्याएको जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ८ : ४४ बजे

मानवअधिकारको सम्वर्द्धनबाट मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भएमा

नेपाल सुपर लिग : आज ललितपुर र चितवनबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी एफसी

कोशी, बागमती र गण्डकीमा मौसम बदली हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर २४ गते) आइतबारका

यू-१९ एसिया कपः नेपाल अफगानिस्तानसँग खेल्दै, भारत र पाकिस्तानको खेल आजै

काठमाडौं – संयुक्त अरब इमिरियट्स (युएई) जारी एसिसी यू–१९ एसिया