रूससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने श्रीलङ्काली प्रधानमन्त्रीको भनाइ « Khabarhub

रूससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने श्रीलङ्काली प्रधानमन्त्रीको भनाइ


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्काले रूससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने बताएको छ ।

एशोसिएटेड प्रेससँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफूले हरसम्भव प्रयास गरेपनि रूसी तेल खरिद गर्न आफू खुला रहेको बताएका छन् ।

युक्रेनमाथि आक्रमणको विरोधमा पश्चिमा राष्ट्रले रुसमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिङ्घेले रूसी तेल किन्न आफू खुला रहेको बताएका हुन् ।

बाह्य ऋण बढिरहेको भए पनि उनले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू इच्छुक रहेको बताएका छन् । आफ्नै कारणले आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कालाई युक्रेन युद्धले अझ प्रभावित पारेको बताउँदै आफ्नो देशले आगामी दुईवर्षसम्म गम्भीर खाद्यान्न अभाव झेल्नुपर्ने सम्भावित परिस्थितिप्रति चिन्ता व्यक्त गरे ।

विदेशी मुद्रा सञ्चिति लगभग रित्तिएको श्रीलङ्कालाई आर्थिक सङ्कटबाट पार लगाउन राष्ट्रपति गोटावाया राजपाक्षले प्रधानमन्त्री नियुक्त गरेका विक्रमसिङ्घे अर्थमन्त्री पनि हुन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ८ : ५७ बजे

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न