जनप्रतिनिधिहरूले जनताको गुनासो नआउने गरी काम गर्नुपर्छ : उपसभापति खड्का « Khabarhub

जनप्रतिनिधिहरूले जनताको गुनासो नआउने गरी काम गर्नुपर्छ : उपसभापति खड्का


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधिहरूले जनताको गुनासो नआउने गरी काम गर्नुपर्ने बताएका छन् ।

आज बागलुङमा कांग्रेस बागलुङले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षणमा उपसभापती खड्काले जनताबाट चुनिएका जनप्रतिनिधिले जनतालाई निराश नबनाउने गरी काम गरे मात्रै आगामी दिनमा पुनः जनताले जिताउने बताए ।

‘जनप्रतिनिधि जनताको सेवक हो, भेदभाव नगरी सेवा दिएमा कांग्रेसलाई भोट नदिनेले दिन थाल्छन्’, खड्काले भने, ‘सत्तामा पुगेपछि जनताका कुरा नसुन्ने, सेवा दिनुको सट्टा दुःख दिने हो भने कांग्रेसलाई भोट दिएका रिसाउँछन्, त्यसैले जनप्रतिनिधिको काँधमा पार्टी रहेको हुन्छ, जनताको हितमा जनप्रतिनिधिले काम गरौँ ।’ उनले जनप्रतिनिधि भएपछि राजनीतिक भेदभाव नगरी जनतालाई सेवा दिन सके आगामी दिनमा जनतालाई भोट माग्नै नपर्ने बताए ।

राजनीतिक सहयोगबिना जनप्रतिनिधिले काम गर्न नसक्ने भन्दै खड्काले जनप्रतिनिधिलाई हाम्रो सहयोग हुने र जनताले जस्तो भरोसाका साथ मतदान गरे जनप्रतिनिधिले त्यस्तै सेवा गर्नुपर्ने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहमा गठबन्धनबाट कांग्रेसलाई भन्दा बढी माओवादीलाई बढी फाइदा पुगेको तर्क गरे ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ९ : ०९ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई