जिसस कैलालीको नेतृत्वका लागि स्वतन्त्र मेयर हमाल निर्णायक « Khabarhub

जिसस कैलालीको नेतृत्वका लागि स्वतन्त्र मेयर हमाल निर्णायक


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीमा भोलि हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

१३ पालिका रहेको कैलालीमा जिससको नेतृत्वका लागि २७ मत आवश्यक पर्ने छ । तर कैलालीमा जीतका लागि भने कसैसँग पनि पर्याप्त मत नपुग्ने भएको छ । जिससको नेतृत्वका लागि कैलालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा एमालेबीच गठबन्धन भएको छ ।

कैलालीमा कांग्रेस, माओवादी र नेकपा एस मिल्दा १३ मत पाउने स्थिति रहेको छ भने एमाले र उन्मुक्ति पार्टी मिल्दा १२ मत पाइने स्थिति छ । तर, कैलालीको मोहन्याल गाउँपालिकाका निर्वाचित अध्यक्षलाई निर्वाचन आयोगले मताधिकारको प्रयोग गर्नबाट वञ्चित हुने गरी आइतबार मात्रै निर्देशनसहितको पत्र पठाएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्याय भ्रष्टाचार मुद्दामा छानबिनको सूचिमा परेका भन्दै उनलाई जनप्रतिनिधिको हैसियतमा नराख्न निर्वाचन आयोगलाई पत्र पठाएको थियो ।

अख्तियारको पत्रका आधारमा निर्वाचन आयोगले मोहन्यालका अध्यक्ष देवीदत्त उपाध्यायलाई मुद्दा किनारा नलाग्नसम्म निलम्बनमा परेका भन्दै उनलाई जनप्रतिनिधिको हैसियतमा काम गर्न नदिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । उपाध्याय निलम्बनमा परेसँगै कैलालीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको मतभार १२ हुने छ ।

उता नागरिक उन्मुक्ति पार्टी र एमालेको मतभार पनि १२ नै रहेको छ । यस्तो अवस्थामा कैलालीमा स्वतन्त्र रूपमा निर्वाचन जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल निर्णायक बन्ने देखिएका छन् । तर मेयर हमालले अहिले सम्म कसलाई समर्थन गर्ने भनेर कुनै निर्णय गरेको बताए । ‘म अहिले सम्म स्वतन्त्रकै हैसियतमा रहेको छु,’ उनले भने, ुके गर्ने भन्ने कुरोको टुङ्गो भोलिनै लाग्ने छ ।’

कैलालीमा कांग्रेससँग ९, नागरिक उन्मुक्ति पार्टीसँग ७, नेकपा एमालेसँग ५, माओवादी केन्द्रसँग २, नेकपा एकीकृत समाजवादी पार्टीसँग १ र १ मत स्वतन्त्र रहेको छ । कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले मोहन्यालका अध्यक्षलाई निलम्बन गरिएको पत्र आएको बताए । ‘निर्वाचन अयोगको पत्रसँगै मोहन्यालका अध्यक्ष उपाध्याय मतदान गर्ने अधिकारबाट वञ्चित हुने छन्,’ मुख्य निर्वाचन अधिकृत पनेरुले भने, ‘अब २५ जना उम्मेदवारले मात्रै मतदान गर्ने पाउने छन्, जसको बहुमत आउँछ उसैले जिससको नेतृत्व गर्ने छ ।’ जिससका लागि कसैको पनि बहुमत नपुग्ने अवस्था आएका गोलापर्था विधिबाट जिसस प्रमुखको टुङ्गो लगाइने उनले बताए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ९ : १४ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ