नेपाली सेना भरपर्दो स्थल शक्ति भएको अमेरिकी जनरल फ्लिनको भनाइ « Khabarhub

नेपाली सेना भरपर्दो स्थल शक्ति भएको अमेरिकी जनरल फ्लिनको भनाइ


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख जनरल चार्ल्स ए. फ्लिनले नेपाली सेना भरपर्दो स्थाल शक्ति भएको बताएका छन् ।

चारदिने औपचारिक भ्रमणका क्रममा काठमाडौँमा रहेका फ्लिनले आज शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरेपछि आयोजित समारोहमा नेपाली सेना संसारकै सबैभन्दा पुरानोमध्ये एक रहेको समेत बताए ।

भ्रमणका क्रममा उनले कलेजका शिक्षाध्यक्षसँग भेटघाट गर्नका साथै प्रशिक्षार्थी अधिकृतसँग अन्तरक्रिया गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा उनले वृक्षारोपण पनि गरेका थिए ।

फ्लिन नेतृत्वको टोलीले आजै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत निरीक्षण गरेको थियो । भ्रमणका क्रममा शान्ति कार्य तालिम केन्द्रका केन्द्रापतिबाट टोलीलाई वस्तुस्थितिलगायत विविध पक्षबारेमा जानकारी गराइएको थियो ।

अमेरिकी टोलीले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकनसमेत गरेको थियो । भ्रमणका क्रममा नेपाली सेनाका रथी तथा अधिकृत र उक्त भ्रमण दलका सदस्यहरूबीच अमेरिकाबाट शान्ति स्थापना कार्यका लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजानेलगायत विषयमा छलफल भएको जनाइएको छ ।

यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । गत बिहीबार नेपालको चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका उनी आजै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १० : ५२ बजे

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला