नेपाली सेना भरपर्दो स्थल शक्ति भएको अमेरिकी जनरल फ्लिनको भनाइ | Khabarhub Khabarhub

नेपाली सेना भरपर्दो स्थल शक्ति भएको अमेरिकी जनरल फ्लिनको भनाइ


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख जनरल चार्ल्स ए. फ्लिनले नेपाली सेना भरपर्दो स्थाल शक्ति भएको बताएका छन् ।

चारदिने औपचारिक भ्रमणका क्रममा काठमाडौँमा रहेका फ्लिनले आज शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरेपछि आयोजित समारोहमा नेपाली सेना संसारकै सबैभन्दा पुरानोमध्ये एक रहेको समेत बताए ।

भ्रमणका क्रममा उनले कलेजका शिक्षाध्यक्षसँग भेटघाट गर्नका साथै प्रशिक्षार्थी अधिकृतसँग अन्तरक्रिया गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा उनले वृक्षारोपण पनि गरेका थिए ।

फ्लिन नेतृत्वको टोलीले आजै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत निरीक्षण गरेको थियो । भ्रमणका क्रममा शान्ति कार्य तालिम केन्द्रका केन्द्रापतिबाट टोलीलाई वस्तुस्थितिलगायत विविध पक्षबारेमा जानकारी गराइएको थियो ।

अमेरिकी टोलीले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकनसमेत गरेको थियो । भ्रमणका क्रममा नेपाली सेनाका रथी तथा अधिकृत र उक्त भ्रमण दलका सदस्यहरूबीच अमेरिकाबाट शान्ति स्थापना कार्यका लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजानेलगायत विषयमा छलफल भएको जनाइएको छ ।

यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । गत बिहीबार नेपालको चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका उनी आजै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १० : ५२ बजे

२० वटा व्यापारिक फर्ममाथि मुद्दा दायर

सुदूरपश्चिम – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले २०

बङ्गलादेशबाट काँकडभिट्टा हुँदै स्वदेश फर्किए नेपाली विद्यार्थी

झापा – बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको

बढ्दो मानव बेचबिखन : भिजिट भिसाका नाममा बेचिँदै नेपाली महिला

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसारका नयाँ स्वरूप र आयामहरू नियन्त्रणका

डेडिकेटेड–ट्रंकलाईन विवाद : ट्रेड युनियनहरू प्राधिकरणको पक्षमा

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणका क्रियाशील ट्रेड युनियनहरूले डेडिकेटेड–ट्रंक लाईन

दुईतिहाइ विश्वास पाएका ओलीसामु चार चुनौती !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत