व्यास नगरपालिकाद्वारा भूमिहीनलाई निस्सा वितरण « Khabarhub

व्यास नगरपालिकाद्वारा भूमिहीनलाई निस्सा वितरण


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको व्यास नगरपालिकाले भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण गर्न सुरुआत गरेको छ ।

नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमबारदेखि निस्सा वितरण थालनी गरेको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने प्रक्रियास्वरुप निस्सा वितरण थालिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले लालपुर्जाको निस्सा वितरण गरे । व्यास–१ का ४४ भूमिहीन दलित, ४५ भूमिहीन सुकम्बासी र ३६७ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको नगरपालिकाका इञ्जीनियर रवीन्द्रलाल मूलले जानकारी दिए। निस्सा लिन नआएकाहरुलाई सम्बन्धित वडा कार्यालयमार्फत वितरण गरिने उनले बताए ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि दाबी–विरोधस्वरुप एक हप्ताको र अव्यवस्थित बसोबासीका लागि १५ दिने सूचना जारी गरिने ई मूलले बताए। नगरपालिकाका १४ वटै वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी करिब १० हजार जना रहेको नगरपालिकाले जनाएको छ ।

व्यास नगरप्रमुख न्यौपानेले भूमिहीनलाई व्यवस्थित गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । राष्ट्रिय भूमि आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले निस्साकै आधारमा अब जग्गा नापजाँचको प्रक्रिया अगाडि बढ्ने जानकारी दिए।

जिल्लाका अन्य स्थानीय तहहरूले भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण सुरु गरेका छन् । केही दिन अगाडिमात्रै आँबुखैरेनी र देवघाट गाउँपालिकाले पनि लालपुर्जाको निस्सा वितरण गरेका छन् । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ र २ तथा देवघाट गाउँपालिकाले वडा नं ५ मा निस्सा वितरण गरेको छ ।

विसं २०७७ चैत २२ गते र विसं २०७८ फागुन २६ गते लगत सङ्कलनका लागि ३५ दिने सूचना प्रकाशित गर्दा निवेदन दर्ता भएका व्यक्तिहरूलाई नापनक्साको निस्सा वितरण गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।

वडा नं १ का ९५ र वडा नं २ का ९९ जनालाई निस्सा बाँडिएको छ । गाउँपालिकाले ६ वटै वडाका ८८३ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्नेछ । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले भूमिहीनले लालपुर्जा पाउने अध्यक्ष चुमानले बताए ।

देवघाट गाउँपालिकाले वडा नं ५ का ७५ जनालाई निस्सा वितरण गरेको छ । पटक–पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपुर्जा पाउन सकेका छैनन् ।

यसअगाडि शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले पनि निस्सा वितरण गरेका छन् । शुक्लागण्डकीले पहिलो चरणमा २४७ जनालाई निस्सा वितरण गरिएको छ । नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिकाले छवटै वडाका ३२५ जनालाई निस्सा वितरण गरिसकेको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ७ : २२ बजे

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं–  सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा