‘पोइ पर्‍यो बुढो’ बन्ने  « Khabarhub

‘पोइ पर्‍यो बुढो’ बन्ने 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कमेडी र सोसल ड्रामा फिल्म ‘पोइ पर्‍यो काले’ को सिक्वेल निर्माण हुने भएको छ । फिल्मको सिक्वेलको नाम ‘पोइ पर्‍यो बुढो’ राखिएको छ । फिल्मको प्रि-प्रोडक्सन अन्तर्गतको काम अहिले भइरहेको छ । फिल्म आउँदो मङ्सिरबाट छायांकनमा लाने गरी निर्माण युनिट तयारीमा जुटेको छ । फिल्मका प्रस्तुत कर्ता किरण नेपालीले आफ्नो फिल्म ‘दुई नम्बरी’ प्रदर्शन सकिए लगत्तै निर्माण प्रक्रिया अगाडी बढाइने बताए ।

अगत केसीले पटकथा लेखिरहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्ने चर्चा छ । ‘हामीले कलाकार कसलाई भन्ने विषयमा अझैँ टुङ्गो लागेको छैन । यद्यपि टाइटलले नै एक जना उमेर बढेको कलाकार र एक युवा कलाकार रहने जनाउँछ । यो उमेर भिन्नताको प्रेम कथा हुनेछ’ प्रस्तुत कर्ता नेपालीले भने । रेडबर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा प्रस्तुति गण्डकी प्रदेशका खेलकुद मन्त्री दीपक मनाङेको हुनेछ भने कार्यकारी निर्माताको रूपमा किरण हुनेछन् । चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता भइसकेको छ ।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘पोइ पर्‍यो काले’ले घरेलु बक्स अफिसमा  सफलता हात पारेपछि किरण सिक्वेल निर्माणमा अगाडी सरेका हुन् । फिल्म ‘२ नम्बरी’ तिहारकै छेको कात्तिक ४ गते नै प्रदर्शन हुने किरणले बताए । ‘हामी उक्त डेटबाट टसमस हुँदैनौँ’ उनले भने।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ३ : ३६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति