कांग्रेस नेतृत्वलाई केन्द्रीय सदस्यको सुझाव- 'आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जाँदा राम्रो' | Khabarhub Khabarhub

कांग्रेस नेतृत्वलाई केन्द्रीय सदस्यको सुझाव- ‘आगामी निर्वाचनमा पनि गठबन्धन गरेरै जाँदा राम्रो’


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरूले संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनबीचको तालमेललाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको बैठकमा धारणा राख्ने सदस्यहरूले स्थानीय तह निर्वाचनमा गठबन्धनबीचको तालमेल प्रभावकारी देखिएको भन्दै आगामी निर्वाचनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिएका हुन् ।

केही स्थानमा सन्तोषजनक नभए पनि अधिकांश स्थानमा तालमेलले राम्रो परिणाम दिएको उनीहरूको भनाइ छ । यसअघिका कमी कमजोरीलाई सुधार गर्दै स्थानीय तहको मत परिणामका आधारमा अव तालमेल हुनुपर्ने सुझाव आएको कांग्रेस प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए। केही नेताहरूले पार्टीको फोरम बाहिर धारणा राख्ने क्रम बढेकाले यस्तो नगर्न सचेत गराइएको उनले बताए ।

महतले पार्टीभित्रको विमति र असन्तुष्टीहरुले बैठकमा राख्न निषेध नगरिएको बताए। त्यस्तै उनले वर्तमान सरकार गठन भएको १ वर्ष पुरा भएको र सरकार सन्तोषजनक ढंगले चलेको दाबी गरे।

बैठकमा मंगलबार रामचन्द्र पौडेल, चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पदमनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना लगायतले धारणा राखेका थिए भने सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए।

बैठकमा प्रदेश सभापतिहरुले मर्यादाक्रम नमिलेको भन्दै आपत्ति जनाएका छन् । केन्द्रीय कार्यसमितिको बैठक असार २९ गते दिउँसो १ बजे पुन बस्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ७ : ४१ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट