सब-इन्जीनियरमाथि एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी दिएको आरोप | Khabarhub Khabarhub

सब-इन्जीनियरमाथि एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी दिएको आरोप


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– डिभिजन वन कार्यालय बैतडीका सब-इन्जीनियर महानन्द पन्तले सेवाग्राहीबाट माग गरेको एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी गरेको आरोप लागेको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ स्थित मठैराज मन्दिरमा आवासगृह निर्माणमा लागि प्रदेश सरकारबाट आएको १० लाख रकममा एक लाख घुस दिन नसकेपछि अधुरो भुक्तानी भएको उपभोक्ता समिति अध्यक्ष पन्तले बताए ।

उनले भने, ‘मन्दिरको भएको र देउताको कसम खाँदै एक रुपैयाँ पनि हिनामिना नगर्ने सोचले काम गरेका हौं । सोही अनुसार स्टिमेटमा भएका सबै काम पुरा गरेका छौं । काम सम्पन्न भए पश्चात् डिभिजन प्रमुख र प्राविधिक आएर जाँच गर्दा ९ लाख ७० हजारको काम भएको भन्दै सोही अनुसारको कागजात तयार गर्नुभयो । भुक्तानीका लागि आउनु भनियो र डिभिजन वन कार्यालयमा जाँदा हामीलाई प्राविधिकले विभिन्न बाहानमा ३ दिन अलमल्याए । अन्ततः एक लाख रकम दिए मात्रै भुक्तानी गर्ने बताएपछि ८० हजारको चेक र ५ हजार नगद दिएर घर फर्कियौं । मैले चेक दिए पनि त्यस खातामा पैसा छैन भने ।’

सम्झौताका बखत पहिलो किस्ता ३ लाख २० हजार र अन्तिममा ४ लाख ५२ हजार ८ सय ८० रुपैयाँ गरी ७ लाख ७२ हजार ८ सय ८० रुपैयाँ मात्रै खातामा प्राप्त भएको बताए ।

उपभोक्ता समिति अध्यक्ष पन्तले भने, ‘घुस माग्ने प्राविधिकले आफूलाई दिएको ८० हजारको चेक नसाटिएमा पुरा भुक्तानी नगर्ने चेतावनी दिएका थिए । सोही अनुसार झन्डै २ लाख रकम कम दिएकै छाडे ।’

स्टमेट अनुसार काम नभएका योजनामा रकम घट्न सक्ने डिभिजन वन अधिकृत भीमप्रसाद कँडेलले बताए । डिलाशैनीसहित केही आयोजनामा कम रकम भुक्तानी भएको उनको भनाई छ । उनले भने,‘फिल्डमा गएको बेला भीडमा बढी मूल्यांकन गरिए पनि पछि फोटो हेर्दा कम काम भएको पाइयो । त्यसैले रकम घटेको हो,’ उनले भने ।

कर्मचारीले घुस मागेको विषय प्रमाणित भएमा सम्बन्धित व्यक्तिलाई तत्काल कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : ३७ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट