दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१.  जनैपूर्णिमा र गाईजात्राको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना 

 प्रधानमन्त्री कशेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दु धर्मावलम्बीहरूको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा  शुभकामना सन्देश जारी गरेका छन् ।

पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे   शुभकामना सन्देशमार्फत  उहाँले धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीहरूबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत  पुर्‍याउने उल्लेख गरेका छन् । 

२. सवारी चालक अनुमति पत्रका लागि आवेदन संख्या थपियो 

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन संख्या थप गरेको छ ।

ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्‍याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आज अपराह्न साढे  ४ बजेदेखि लागू हुने गरी आवेदन संख्या बढाइएको मन्त्रालयले जारी गरेको सूचनामार्फत जानकारी गराएको हो ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले आवेदकहरूको चाप बढेकाले यसअघि लिने गरिएको दैनिक आवेदन सङ्ख्याको तुलनामा करिब १ हजार २ सयले वृद्धि गरिएको  बताए ।

३. चितवनमा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल 

चितवनमा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल भएको छ ।  जन्मँदै नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) मा सफल शल्यक्रिया गरिएको हो ।

यस्तो प्रकृतिको समस्या लाखौँमा एक दुई जनामा देखिने गरेको चिकित्सक बताउँछन् , अस्पतालका बाल शल्यचिकित्सक डा प्रकृति गिरी नेतृत्वको चिकित्सक टोलीले  शल्यक्रिया गरेको हो ।सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ की सरस्वती बस्नेतले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएकी थिइन् । उनीबाट जन्मिएको शिशुको दुई घण्टामै चितवन मेडिकल कलेज रिफर गरिएको थियो ।

४. एक सैनिकको भीरबाट लडेर मृत्यु 

कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भीरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भीरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो । भीरबाट लडेर एकजना घाइते भएका छन् । कर्णाली करिडोर निर्माणका क्रममा भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर लामिछानेको मृत्यु भएको हो ।

सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियारको भनाइ छ । घाइते विष्टको नेपालगञ्जस्थित सैनिक अस्पतालमा उपचार भइरहेको  छ ।

५.  मोटसाइकलको ठक्करबाट  पैदलयात्रीको मृत्यु  

चितवनको राप्ती नगरपालिका–६ प्यारीढापमा  मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८२ वर्षीया फुलमाया राई रहेका छन् ।

प्यारीढापबाट भण्डारा तर्फ आँउदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले आज बिहान साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय भण्डार चितवनले नियन्त्रणमा लिएको छ ।

६. नेता मौलाना रहिमुल्ला हक्कानीको बम आक्रमणमा परी मृत्यु

 अफगानिस्तानको तालिवानका शीर्ष धार्मिक नेता मौलाना रहिमुल्ला हक्कानीको बम आक्रमणमा परी मृत्यु भएको छ ।राजधानी काबुलमा एक समारोहमा आत्मघाती विस्फोट हुँदा तालिवानका शीर्ष नेता मौलानाको मृत्यु भएको हो । आक्रमणकारीले कृत्रिम खुट्टामा लुकाएको  पदार्थ विस्फोट गराउँदा नेता मौलानाको मृत्यु भएको जनाइएको छ ।  

आक्रमणको जिम्मा आइएसले लिएको छ ।यसअघि पनि दुई पटकसम्म उनको हत्या गर्ने प्रयास भएको थियो । हक्कानी तालिबानका एक प्रख्यात विद्वान  थिए । जो २०२० मा उत्तरी पाकिस्तानी सहर पेशावरमा भएको ठूलो विस्फोट सहितसात जनाको ज्यान जाने गरेको आईएसआईएल समूहले दावी गरेको विगतका आक्रमणहरूबाट बच्न सफल  भएका थिए  । 

७. जापोरिज्जियास्थित आणविक केन्द्र  वरपर सैन्य गतिविधि नगर्न आह्वान 

युक्रेनको जापोरिज्जियास्थित युरोपकै सबै भन्दा ठूलो आणविक केन्द्रमा संयुक्त राष्ट्रसंघले . सैन्य गतिविधि बन्द गर्न आह्वान गरेको छ ।राष्ट्रसंघका महासचिव एन्टोनियो एन्टोनियो गुट्रेसले जापोरिज्जियाको आणविक भट्टीमा आक्रमण हुँदा भयावहस्थिति उत्पन्न हुने बताउँदै तत्काल सैन्य गतिविधि अन्त्य गर्न आह्वान गरेका हुन् ।

सो आणविक भट्टीमा कम्तिमा १० पटक आक्रमण भएकोमा रुस र युक्रेन दुवैले आक्रमणका लागि एक अर्कालाई आरोप लगाएका छन् । जी सेभेन राष्ट्रहरूले रुसी सेनाको नियन्त्रणमा रहेको सो  भट्टी युक्रेनलाई  पुन  फिर्ता गर्न पनि आह्वान गरेका छन् ।

८ . नेपलिज क्यानडियन क्रिकेट क्लबले  खेल तालिका सार्वजनिक 

नेपलिज क्यानडियन क्रिकेट क्लबले एनसीसी कप –२०२२ पाँचौ संस्करणको खेल तालिका सार्वजनिक गरेको छ ।  प्रतियोगिता अगस्ट १३ र १४ गते डीक्सी–४०७ क्रिकेट ग्राउण्डमा आयोजना हुनेछ । प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ ।

समूह ’ए’ मा बेलचौक  ब्वाइज, मिस्सिसौगा,एमएलसीसी, टिम अतुल, समूह ’बी’ मा बर्मलिया डेंटिस्ट्री, अप्रूवल जीनिइ, ब्रेक एंड प्ले रहेको जानकारी प्रतियोगिताका  संयोजक राजन तामाङले जानकारी दिए ।

विजेताले दुई हजार क्यानडियन डलर साथै उपविजेताले एक हजार क्यानडियन डलर पुरस्कार पाउने छन् । प्रतियोगिताको ड्राफ्ट जुलाई ३१ मा भएको थियो । एनसीसी कपको चौथो संस्करण ब्रेक एन्ड प्लेले उपाधि जितेको थियो ।

 ९ . जिम्बावेविरुद्धको एकदिवसीय सिरिजमा भारतको कप्तानी केएलले सम्हाल्ने 

जिम्बावेविरुद्धको एकदिवसीय सिरिजमा भारतको कप्तानी केएल राहुलले सम्हाल्ने भएका छन् । बीसीसीआईको मेडिकल टिमले खेल्न अनुमति दिएपछि जिम्बावेविरुद्ध राहुलले कप्तानी गर्ने भएका हुन् ।

यस अघि राहुल कोभिड –१९ को संक्रमण र चोटको कारण टिम बाहिर थिए ।भारतले जिम्बावेविरुद्ध ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय अगस्ट १८ मा हुनेछ ।

१० . फ्रेन्च क्लब रेनेसले फरवार्डमा  अर्नाउड कालिमुएन्डो अनुबन्ध 

फ्रेन्च क्लब रेनेसले फरवार्ड अर्नाउड कालिमुएन्डोलाई अनुबन्ध गरेको छ ।   रेनेसले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फरवार्ड कालिमुएन्डोलाई अनुबन्ध गरेको हो ।  २० वर्षीय फरवार्डले रेनेससँग ५ वर्षको सम्झौता गरेका छन् ।

पीएसजीको युथ टोलीमा हुर्किएका उनले २०२० मा सिनियर टोलीमा डेब्यु गरेका थिए । उनले पीएसजीका लागि ३ खेल खेलेका छन् भने  फ्रान्सको यू–२० टोलीबाट खेलिसकेका छन् । 

 

 

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : ४५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका