सूचनाको हक सम्बन्धी विधेयक सर्वसम्मतिले पारित « Khabarhub

सूचनाको हक सम्बन्धी विधेयक सर्वसम्मतिले पारित


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाको बैठकले सूचनाको हक सम्बन्धी विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बिहीबारको बैठकमा  कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सो विधेयक प्रस्तुत गरेका थिए ।

सो अवसरमा मन्त्री थापाले उक्त विधेयकले नागरिकलाई सही सूचना प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले विज्ञसँग व्यापक छलफल गरेर विधेयक पारित गरिएको र विधेयक अन्य प्रदेशभन्दा उत्कृष्ट बनेको दाबी गरेका छन् । ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक विज्ञलाई राखेर व्यापक छलफल गरी पारित गरिएको हो । यसमा खोट लगाउने ठाउँ छैन । केही सुझाव आएका छन् । यसलाई आत्मसात् गर्दै अगाडि बढ्न सकिन्छ’, उनले  भने ।

 समितिका सभापति विष्णुप्रसाद लामिछानेले प्रदेश नियमावलीअनुसार विधेयक पारित भएको जानकारी दिए । प्रदेशसभा सदस्य विनोद केसीले सूचनाको हकसम्बन्धि विधेयक प्रभावकारी भएको र विधेयक बनाएर मात्रै नहुने कार्यान्वयन पक्षमासमेत ध्यान दिनुपर्ने आवश्यकतालाई औँल्याए ।  

अर्का सदस्य सावित्रा रानाले पनि विधेयकले कार्यान्वयनमा गएमात्र सार्थकता पाउने धारणा राखिन्। विसं २०७८ चैत २० गते प्रदेशसभामा दर्ता भएको सूचना विधेयक २०७८ चैत २३ गते प्रदेशसभामा पेश गरिएको थियो । चैत २५ गते विधायन समितिमा दफावार छलफलका लागि पठाइएको विधेयक बिहीबार विधायन समितिको प्रतिवेदनसहित पारित भएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  २ : ४५ बजे

यस्तो छ आज बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान् विष्णु र वृहस्पतिको बार, कसरी पूजा गर्ने?

काठमाडौँ- बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको

आज २०७९ साल असोज २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०७९ साल असोज २० गते बिहीबार। ज्योतिष

थारु गाउँमा दसैँको रौनक

काठमाडौँ- पश्चिम नेपालका थारु गाउँमा दसैँको छुट्टै रौनकता रहेको छ

दसैँ मनाउने शैली फेरिँदै

काठमाडौँ- पछिल्लो समय हरेक समुदायमा चाडपर्व मनाउने चलन फेरिँदै गएको