पाटनको कुम्भेश्वरमा जनैपूर्णिमा मेला « Khabarhub

पाटनको कुम्भेश्वरमा जनैपूर्णिमा मेला


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ललितपुर- साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन पाटनको कुम्भेश्वरमा भव्य मेला लागिरहेको छ । कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले आज सो स्थानमा स्नानका साथै महादेवको आराधना गर्न ठूलो सङ्ख्यामा मानिस भित्रिएका हुन् । हिजो राति ११ बजे देखिनै कुम्भेश्वरमा भक्तजनको भीड लागिरहेको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुरमार खड्गीले बताए। उनले भने, “महादेवको दर्शन गर्नाका साथै पूजा तथा हातमा डोरो बाँध्न र जनै धारण गर्नका लागि थुप्रै मानिस मन्दिरमा भित्रिरहेका छन् ।” मेला भने सहज रूपमा सञ्चालन भइरहेको अध्यक्ष खड्गीले जानकारी गराए।

मन्दिरभित्रका साथै बाहिर डोरो  तथा जनै लगाइदिने र लगाउने मानिसको पनि व्यापक सहभागिता रहेको समितिका उपाध्यक्ष वसन्त खड्गीले बताए। उनले भने, “दर्शनार्थीको घुइँचोले हामीलाई मन्दिरभित्र हिँडडुल गर्न पनि गाह्रो भइरहेको छ ।” मन्दिरको भिडभाडमा हुनसक्ने चोरीलगायत अन्य घटनाका लागि भने सुरक्षा व्यवस्था कडा पारिएको उनले जानकारी गराए।

अगस्त्य ऋषिले कुम्भ अर्थात् कलशमा महादेवको आह्वान गरेर उत्पत्ति गराएकाले कुम्भेश्वर महादेव भनिएको मन्दिरका मूल पुजारी माधवश्याम शर्माले बताए। उनले भने, “यस मन्दिरमा कुम्भेश्वर र सर्वेश्वरका दुई मूर्ति छन् । सजिलैसँग दर्शन गर्न सकिने देखिरहेको महादेव सर्वेश्वर हुन् ।” सर्वेश्वर महादेवलाई मृत्युञ्जय महादेव पनि भनिने गरिएको मूल पुजारी शर्माले जानकारी गराए।

सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् । श्री स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन् । मार्कण्डेय ऋषिले सर्वेश्वर महादेवको आराधना गरी आफ्नो छोटो आयुलाई चिरञ्जीवी बनाएको कुरा पुराण आदिमा उल्लेख छ । सर्वेश्वर महादेवको आराधना गरे रोग व्याधि निको भई दीर्घायु प्राप्त हुने विश्वास हिन्दू तथा बौद्ध धर्मावलम्बीमा छ ।

त्यसैगरी उक्त महादेव मन्दिरको काखमा दश महाविद्यामध्ये एक विद्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रूपमा पुजिने बङ्गलामुखी देवीको मन्दिरसमेत छ । मुलुकमा कोभिड–१९को महामारी भित्रिएकाले विगतको दुई वर्षमा भने उक्त मन्दिरमा जनैपूर्णिका दिन मेला लागेको थिएन । हाल केही मात्रामा कोरोना न्यून रहेकाले मेला लागेको हो । कुम्भेश्वरमा हरेक साउनको सोमबार, बालाचतुदर्शी, शिवरात्रि आदि पर्वमा भक्तजनको ठूलो उपस्थिति हुने मूल पुजारी शर्माको भनाइ थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ३ : ५९ बजे

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन भोलि भेट्दै 

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र

खोटाङ– महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राईले सञ्चालन गरेको

तुलसी घिमिरेको ‘पहाड’ नयाँ वर्षमा आउने

काठमाडौं – तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को प्रदर्शन

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट

एजेन्सी– इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण